पत्रकारद्वय गुरुङ र तिमिल्सिनालाई गजेन्द्र भण्डारी पुरस्कार


पोखरा । पोखराका पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सिना गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले शुक्रबार आयोजना गरेको समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरुलाई जनही २५ हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरे ।

पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा भण्डारीका परिवारद्वारा दुई दशकअघि सो पुरस्कार स्थापना गरिएको हो । पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको पुरस्कार अघिल्लो वर्ष कोरोना महामारीका कारण वितरण रोकिएको थियो । २०७७ सालको पुरस्कार फोटोपत्रकार राम गुरुङ र २०७८ सालको पुरस्कार पत्रकार महासंघ कास्की उपाध्यक्ष समेत रहेका तिमिल्सिनालाई संयुक्त प्रदान गर्ने छनोट समितिले निर्णय गरेको हो ।

अग्रज पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनौट समिति सदस्यमा कृष्णप्रसाद बास्तोला र श्यामनाथ कुँवर थिए । पदेनसदस्यमा महासंघ जिल्ला अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल थिए ।

तपाइको प्रतिक्रिया
(Visited 409 times, 1 visits today)

epaper

ताजा समाचार

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल