‘समयसंगै अपराधको प्रकृति पनि बदलिएको छ’


बारा । नेपाल प्रहरीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले समय बदलिऐसंगै अपराधको प्रकृति बदलिएको बताएका छन् । सरुवा भएर बारा आएका प्रहरी उपरीक्षक बोगटीले शुक्रबार पत्रकारसंगको भेटघाट कार्यक्रममा बोल्दै समयको गतिसंगै आपराधिक क्रियाकलापमा परिवर्तन आएको बताए ।

टेक्नोलोजीको विकाससँगै आपराधिक क्रियाकलाप गर्नेहरु बढेको उनको भनाई थियो । चर्चित एप टिकटकबाट भिडियो बनाएर ठग्ने देखि चिट्ठा पर्ने बहानामा ठग्ने गिरोहरूले कयौ जनालाई ठगेको उनको भनाई थियो ।

आफु बारामा बसुन्जेल खुल्ला बोर्डर नियन्त्रण गर्ने भन्दै उनले अपराधिक क्रियाकलाप, हातहतियार, गाजा तस्करी देखी नक्कली नोटको कारोबार नियन्त्रण गर्ने उनको भनाई थियो ।

सञ्चारकर्मीसंगको भेटघाट कार्यक्रममा बोल्दै उनले जिल्लालाई अपराध मुक्त बनाउन प्रहरी र पत्रकारको सम्बन्ध नङ्ग मासुको हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी