सरकारको कार्यशैली विरोधमा एमाले आन्दोलित

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारको कार्यशैलीप्रति आन्दोलनमा उत्रिने भएको छ ।

नेकपा एमाले गण्डकी प्रदशले पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले गरेका बेथितिका विरुद्ध सडक आन्दोलनमा जाने घोषणा गरेको हो । सरकारले घरजग्गा तथा यातायातमा गरेको कर वृद्धिदेखि आफन्तका नाममा ट्रष्टमा राखेको रकम फिर्ता लगायत विभिन्न मागसहित सडक आन्दोलन तताउने भएको हो ।

एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले सरकारले ७ सदस्यीय मन्त्रिपरिषद्लाई बढाएर १२ सदस्यीय पु¥याएको, अघिल्लो सरकारले ल्याएका बहुवर्षीय योजनालाई राजनीतिक पूर्वाग्रह साँधेर बजेट कटौती गरेको, बजेट निर्माणको सिद्धान्तविपरीत बिना योजना बजेट ल्याएको, श्रोत तथा वित्तीय आयोगले बजेटका विषयमा औलाएको विषयलाई लत्याई बजेट निर्माणका परिधिहरु समेत नाघेर बजेट निर्माण गरिएकोले आन्दोलनको विकल्प नभएको बताए ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले गठबन्धनका विरुद्ध एमाले एक्लै लड्न तयार भएको बताइन् । पाँचदलीय अपवित्र गठबन्धन बने पनि आगामी निर्वाचनमा एमाले निर्वाचनमा पनि ठूलो दल हुने बताइन् । उनले सरकार राष्ट्रघाती र जनविरोधी भएको उनको आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क