दार्चुलामा जिप दुर्घटना, ५ को घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौँ । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलङ्गा आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका-६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए । उनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।

घटनामा घाइते भएका चार जनाको उद्धार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्धार भइरहेको छ । उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो । घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरू खटिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल