एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार


टीकापुर । कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार भएको छ । कोरोना महामारीका क्रममा गौरीफन्टा नाका भएर भारतबाट फर्केकाहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले सो होल्डिङ सेन्टर निर्माण गरिएको हो ।

२८ करोड ८१ लाख १२ हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो होल्डिङ सेन्टर सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने वा धनगढी उपमहानगरपालिकालाई दिने भन्ने कुराको भने टुंगो लाग्न सकेको छैन् । टुंगो लाग्न नसकेपछि होल्डिङ सेन्टर सञ्चालनमा अन्योलता देखिएको छ । सो होल्डिङ सेन्टर संघीय सरकारको लगानीमा निर्माण भएको हो ।

त्यसमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा कोठा रहेका छन् । २०७८ असार ३ मा ठेक्का भएको सो होल्डिङ सेन्टर २०७८ भदौ मसान्तमै निर्माण सम्पन्न गर्नु पर्ने समायवधि तोकिएपनि तोकिएको समयमा निर्माणको कार्य पूरा हुन सकेको थिएन । हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएर निर्माण गरेको त्यसको अनुगमन र व्यवस्थापनको कार्य भने धनगढीस्थित नेपाली सेनाको भवानी दल गणले गरेको थियो ।

२०७८ भदौ मसान्तमै होल्डिङ सेन्टर गएको जेठमा निर्माणको सबै काम पूरा गरे निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका इन्जिनीयर विक्रम गैरेले बताए । उनले सबै काम जेठमा नै सम्पन्न गरिसकेको बताउँदै उनले भने, ‘तर, हस्तान्तरण भने भएको छैन ।’ कसलाई हस्तान्तरण गर्ने भन्ने टुंगो लाग्न नसकेका कारण हस्तान्तरण नभएको उनले बताए ।

सो होल्डिङ सेन्टरलाई धनगढी उपमहानगरपालिकाले सामुदायिक अस्पताल बनाउनका प्रस्ताव अघि बढाएपनि ठोस निर्णय भने भएको छैन । अहिले फेरि कोभिड संक्रणमण बढेको छ । तर, संक्रमित व्यवस्थापनका लागि निर्माण गरिएको होल्डिङ सेन्टर भने सञ्चालनमा आएको छैन् । आवश्यक परेको बेलामा कोभिड संक्रमितलाई त्यसैमा व्यवस्थापन गरिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हस्तान्तरण नभएपछि होल्डिङ सेन्टरलाई होल्डिङ सेन्टरकै रुपमा प्रयोग गर्ने वा के बनाउने भन्ने नै निश्चित नभएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी गणेशबहादुर सिंहले बताए । होल्डिङ सेन्टर हस्तान्तरण नै नभएपछि अहिले त्यसको रेखदेख नेपाली सेनाले गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान