काठमाडौं । हिजो सोमबार काठमाडौंको शान्तिनगरस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच सोमबार भनाभन र विवाद भएको छ । बचतकर्ताले सहकारी कार्यालयअगाडि नाराबाजी गरेका छन् ।
संस्थाले पीडित बनाएको बचतकर्ताको गुनासो
बचतकर्ताले भनेजति रकम कान्तिपुर सहरकारीले दिन सकेन जसका कारण बचतकर्ताले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको विरोध गर्दै आपत्ति जनाएका थिए । बचतकर्ताले सो सहकारीले सेवाग्राहीलाई विश्वसनीय र भरपर्दो सेवा दिन नसकेको भन्दै आपत्ति जनाएका थिए । कान्तिपुर सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता आक्रोशित भएका थिए । आक्रोशित बचतकर्ताले सहकारीविरुद्ध अभिव्यक्ति दिँदै व्यवस्थापनको गम्भीर ध्यानाकृष्ट गराएका थिए ।
बिहीबार सफ्टवेयर सिस्टममा समस्या आउँदाबाहेक त्यसपछि सहकारीमा कारोबार भइरहेको छ । तर, बचतकर्ताले झिक्न चाहेको जति रकम भने सहकारीले दिन सकेको छैन । साउनसम्म एक जनालाई एकपटकमा १ लाख रुपैयाँसम्म रकम झिक्न दिएको सहकारीले पछिल्लो समय २५ हजारको सीमा तोकेको थियो । सहकारीले सेवाग्राहीलाई मर्का पार्दै आफ्नो अनुकूल नियम छिटोछिटो परिवर्तन गर्दै आइरहेका छन् ।
त्यसैकारण पनि सोमबार कान्तिपुर सहकारीमा तनाव भएको हो । सो सहकारीले आइतबारदेखि दैनिक एक जनालाई १५ हजार रुपैयाँभन्दा बढी बचत रकम झिक्न नपाउने सीमा तोकेकाले समस्या भएको हो । कान्तिपुर सहकारीका प्रबन्धक प्रेम लामाले आइतबारदेखि एक जनालाई १५ हजार रुपैयाँभन्दा बढी बचत झिक्न नपाउने व्यवस्था गरिएको बताए । तर, बचतकर्ताले सहकारीले आपूm खुसी नियम बनाउने र त्यसको समयमा नै जानकारी नहुँदा आपूmहरू पीडित हुनुपरेको भन्दै आपत्ति जनाएका हुन् ।
पछिल्लो समय सहकारीमा संकलन हुने बचतभन्दा झिक्ने रकम बढी हुुुँदा तरलता समस्या बढ्दै गएको लामाको दाबी छ । तर, पनि कान्तिपुर सहकारीले आपूmहरूलाई पीडित बनाएको भन्दै बचतकर्ताले सोमबार दिनभर बानेश्वरस्थित सो सहकारीमा विरोध गरेका थिए ।
कानुनतः निक्षेपको १० देखि २० प्रतिशत तरलता व्यवस्था गर्नुपर्ने भए पनि सहकारी संस्थाले त्यसलाई पालना गरेका छैनन् । एकातिर राम्रा भनिएका सहकारीमै समस्या देखिने र अरूले पनि मागेअनुसार रकम बचतकर्तालाई दिन नसक्ने अवस्थाका कारण सहकारीमाथि नै अविश्वास बढ्दो छ । यस्तै, अविश्वास कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा देखिएको हो ।






