टुबोर्ग ओपनमा इमर्जिङमा भेकलाई मौका

काठमाडौं । पाँच वर्षदेखि टुबोर्गले ‘टुबोर्ग ओपेन क्याम्पेन’द्वारा निरन्तर कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संंकलग्न भई संगीत क्षेत्रलाई उत्थान गर्दै आएको छ ।

टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सेर्बियालगायत देशमा पनि क्याम्पेनद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार जोडेर नयाँ संगीत सिर्जना गर्दै आएको छ ।

लोकप्रिय बियर ब्रान्ड टुबोर्ग र संगीतको लामो समयदेखि गहिरो सम्बन्ध चलिआइरहेको छ । टुबोर्गले सधैं संगीत क्षेत्र उत्थानका लागि काम गर्दै आइरहेको छ । ‘टुबोर्ग ओपेन अभियान’ उत्पादन फैलिएका विभिन्न देशमा छैटौं र नेपालमा पाँचौंपटक हुँदै छ ।

टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । जसअनुसार यो वर्षको थिम ‘टेक द स्टेज’ रहेको छ । जसमा अन्तर्राष्ट्रिय विख्यात कलाकारले उभर्दो स्वदेशी कलाकारलाई ‘मेन्टरसिप’ प्रदान गरी उनीहरूलाई संगीतको मूल भाव र लोकप्रिय ‘कलाकार कसरी ?’ बन्ने भनी मार्गदर्शन गरेका छन् ।

टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । उनीसँगै जोडिएका छन्, नेपालका उदयीमान कलाकार भेक । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् ।

उनले पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्युजिल्यान्डमा नम्बर १ मा पुग्न सफल भएको थियो । उनका थुप्रै गीत हिट छन् । जसमध्ये केही हिट गीत जलेबी बेबी, स्वाला, सेभेज लभलगायत छन् ।

नेपालबाट जोडिएका भेक नेपाली सांगीतिक आकाशमा पछिल्लो पुस्ताका उदयमान लोकप्रिय संगीतकर्मी हुन् । उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै ‘क्रेज’ कमाएका छन् । उनका सबैभन्दा चर्चित गीतमध्ये ‘एकलै जिउन सिके…’, ‘मायालु…’, ‘लैबरी लै…’, छन् ।

गत महिना जसेन डेरुलोसँग अमेरिकाको लसएन्जलसमा टुबोर्ग ओपेन २०२२ एमर्जिङ कलाकार भेकले मेन्टसिप प्राप्त गरी पर्किसकेका छन् ।

यो वर्षका लागि भेकले आफ्नो मेन्टरसिपद्वारा सिकेका ज्ञानले नयाँ गीत बनाउन गइरहेका छन्, जुन आगामी केही महिनामा बजारमा उपलब्ध हुनेछ ।

‘टुबोर्ग र संगीतको नाता नेपाली सांगीतक क्षेत्रमा एकदम गहिरो छ । गत कैयौं वर्षदेखि यो अटुट सम्बन्ध अझै कायम छ,’ गोर्खा ब्रिउरीका मर्केटिङ डाइरेक्टर आशिष विष्ट, भन्छन्, ‘चाहे त्यो संगीतको विधा रक होस्, क्लासिक होस्, दोहोरी होस् अथवा इडिम नै होस्, टुबोर्गले सधै संगीतलाई समर्थन गर्दै आएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

भाडाको मारमा साइपाल : समान दृष्टिकोण, असमान पीडा