नक्कली मुद्रासहित दुई जना पक्राउ

सांकेतिक तस्वीर

रामेछाप । नक्कली मुद्रासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका-१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका-२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् ।

प्रहरीले तामाङको साथबाट १ हजार दरका २२ हजार रुपैयाँ र उनीहरुले विभिन्न पिडित व्यक्तिहरुलाई दिएको १ हजार दरका ९० हजार गरी १ लाख १२ हजार नक्कली मुद्रा बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले जलाउदिन मियाँ अन्सारी नाम गरेका व्यक्तिसँग मिलेर गोरु किनेको रकम भुक्तानी गर्दा समेत नक्कली नोट प्रयोग गरेको अनुसन्धानबाट खुल्न आएको छ । हाल फरार अन्सारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 520 times, 1 visits today)

epaper

ताजा समाचार

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज