पर्यापर्यटनप्रति बढ्दो आकर्षण

पर्यापर्यटनप्रति पर्यटकको आकर्षण दिन प्रतिदिन बढ्दो छ । आधुनिकता र कृतिमताबाट वाक्क भएर मानिसमा अहिले प्रकतिको सामीप्यतामा रमाउने चाहना बढेको पाइन्छ । समयको अन्तरालसँगै मानिसमा प्रकृतिसँगको सामीप्यताको महत्वबार सोच्ने र प्रत्यक्ष अनुभूति गर्ने चाहना पनि बढ्दै छ । आज धेरैजसो पर्यटकमा प्राकृतिक सौन्दर्यताबाट आपूmले मात्र क्षणिक आनन्द लिने स्वार्थीपन देखिन्छ । भावी पुस्ताका लागि प्राकृतिक सौन्दर्यताको दीर्घकालीन व्यवस्थापन गर्ने चिन्ता र चासो सरोकार पक्षमा नभएको आभास हुन्छ । पर्यावरण संरक्षण र सुधारका लागि बेलैमा ध्यान दिन नसकेमा पर्यटन व्यवसाय नै क्रमशः धरापमा नपर्ला भन्न सकिन्न । पर्यापर्यटनको महत्व र महिमा’bout चनाखो रहनु बुद्धिमानी ठहर्छ । प्राकृतिक सुन्दरताको संरक्षण र संवद्र्धन गर्दै दिगो पर्यापर्यटनमा देखिएका र भोगिएका सम्भावना, समस्या र समाधानका उपायको व्यवस्थापनका लागि सरकार र सरोकार पक्षले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।

पर्यापर्यटन अवधारणाको सुरुवात सन् १९७० को दशकबाट भएको हो । नेपालमा पनि पर्यापर्यटनलाई टेवा पु¥याउने हेतुले पाँच दशकअघिदेखि संगठित तथा संस्थागत रूपमा विभिन्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, वनस्पति संरक्षण विधिवत रूपमा हुँदै आएको छ । हुन त पर्यावरणको संरक्षण र संवद्र्धनका लागि पौराणिककालदेखि नै अभ्यास हुँदै आएको धार्मिक परम्परा र ग्रन्थमा पाइन्छ ।

कतिपय सम्प्रदायले प्रकृति पूजालाई इष्ट देवका रूपमा मान्दै आएका छन् । देवीदेवताको वाहनका रूपमा जनावर तथा प्रतीकका रूपमा वनस्पतिको नदी ताल, पोखरी आदि प्राकृतिक सम्पदाको पूजाआजा र संरक्षण हुँदै आएको छ । हाम्रा पुर्खाले देखाएको प्रकृतिप्रेमलाई मात्र अनुशरण गर्न सकेमा पनि पर्यापर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्नेछ ।

पर्यावरण संरक्षण र सुधारको लागि बैलैमा ध्यान दिन नसकेमा पर्यटन व्यवसाय नै क्रमशः धरापमा नपर्ला भन्न सकिन्न

नेपालले विश्वको कुल भूभागको ०.०३ ओगटे पनि प्राकृतिक सुन्दरता र भौगोलिक तथा जैविक विविधतामा अग्रहणी स्थानमा आउँछ । विविधतायुक्त हावापानी प्राकृतिक भू–बनोट, जैविक एवं जलसम्पदाले विश्वमै एउटा अति पर्यटकीय सम्भावना बोकेको देशका रूपमा उभ्याएको छ । नेपाल भौगोलिक रूपमा सानो भए तापनि प्राकृतिक स्रोतसाधान तथा सुन्दरतामा विश्वमै धनी मानिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि संसारकै अति मनोरम पर्वत, सर्वाधिक होचो अरुण उपत्यका र गहिरो खोच कालीगण्डकीलगायतका कतिपय प्राकृतिक पर्यटकीय आकर्षणस्थल छन् ।

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल दक्षिण एसियाकै अग्लो झर्ना ह्यातुङलगायत अन्य प्रकृतिका अनुपम संरचना पर्यटकीय रोचक गन्तव्य’bout प्रचारप्रसारको अभावमा ओझलमा परेका छन् । जैविक विविधता, प्याराग्लाइडिङ, टे«किङ, बन्जीजम्प तथा नदी ¥याप्mिटङ पर्यटक आकर्षणका माध्यम हुन् । धरातलीय विविधता र हावापानीका कारण जैविक विविधतामा नेपाल विश्वको २५औं र एसियाको ११औं स्थानमा पर्दछ ।

नेपालमा १ सय २५ जातजाति र १२३ भाषाभाषीको सुमधुर धार्मिक सांस्कृतिक विविधता छ । आधुनिक मानव सभ्यताले नबिटुलिएको आफ्नै रीतिरिवाज र परम्परामा चलेका गाउँबस्तीको वैज्ञानिक अध्ययन अवलोकनका लागि पर्यटकका लागि आकर्षणको आधारप्रति दुईमत हुन सक्दैन । यहाँका परम्परागत मौलिक घरेलु सीप तथा प्रविधिको उचित पहिचान र प्रवद्र्धन गरेर पर्यटक लोभ्याउन सकिन्छ । कोसी टप्पुलगायतका सिमसारमा चराका जातजाति तथा बसाइसराइ अध्ययनका लागि आकर्षक दुर्लव क्षेत्र हुन सक्छन् । प्राकृतिक सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समुदाय, समाज र देशको दिगो विकासका लागि पर्यापर्यटनको महिमा अनुपम रहेका हेक्का सबैमा हुनु आजको आवश्यकता हो ।

पर्यावरणीय पर्यटनका लागि धेरै लगानीको आवश्यकता पर्दैन । स्थानीय ग्रामीण क्षेत्रमा समेत त्यहाँको मौलिक संस्कार संस्कृति र प्रकृतिबार प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । पछिल्ला समयमा कतिपय ग्रामीण क्षेत्रमा होमस्टे खोलेर पर्यटक आकर्षण गर्ने होड नै चलेको छ । आन्तरिक र बाह्य पर्यटकको रोजाइँमा परेका त्यस्ता गाउँबस्तीमा स्थानीयस्तरमा नै रोजगार सिर्जना भई जीवनस्तर उकास्न टेवा पुगेको वास्तविकता हो ।

संघ, प्रदेश र स्थानीय सरकारले आपसमा सद्भाव, सहयोग, सहकार्य, समन्वय र समीक्षा गर्दै पर्यापर्यटन प्रवद्र्धन गर्ने खालका अल्पकालीन र दीर्घकालीन नीति तथा रणनीति बनाएर कार्यान्वयनमा ल्याउनुपर्छ

हिमाल आरोहणका लागि नेपाल विश्वमा नै प्रख्यात छ । पछिल्ला समयमा आरोहणका कारण हिमालमा फोहोर मैला थुप्रियर प्रदूषण बढ्दै गएको छ । फोहोरको डंगुरका कारण हिमाली पर्यावरणमा गम्भीर असर परेको विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । पर्यटनको प्रमुख आकर्षण हिमाललाई स्वच्छ राख्न सरकारले गम्भीर कदम चाल्न विलम्ब भइसकेको छ । हिमालआरोही र ट्रेकिङमा जाने र पठाउने संघसंस्था तथा स्थानीय स्तरमा होटलया व्यवसायीलगायतका सरोकार पक्षले सरसफाइ र फोहोरमैला व्यवस्थापनमा विशेष चनाखो हुनपर्ने देखिन्छ । वतावरण संरक्षण गरेर पर्यटन व्यवसायलाई दिगो बनाउन पर्याय पर्यटनको महत्व’bout सरोकार पक्षलाई आवश्यक जनचेतनाका कार्यक्रमको खाँचो खड्किएको देखिन्छ ।

पर्यावरणीय पर्यटनको प्रमुख उद्देश्य भनेको पर्यटकीय स्थलको वातावरण, प्राकृतिक स्रोतको संरक्षण, स्थानीय संस्कार र संस्कृतिको जगेर्नाको साथै स्थानीयबासीको जीवनस्तर उकास्नु हो । पर्यावरणीय पर्यटनको प्रमुख आकर्षण भनेको प्राकृतिक विविधता, जीवजन्तु, वनस्पति तथा त्यहाँको धार्मिक सांस्कृतिक सम्पदा नै हो । अन्तर्राष्ट्रिय पर्यावरणीय पर्यटन समाज १९९० का अनुसार पर्यावरणीय पर्यटन प्रकृतिप्रति उत्तरदायी यात्रा हो । जसले वातावरण संरक्षण तथा स्थानीय मानिसको जीवनस्तरमा सुधार ल्याउँछ ।

पर्यावरणीय पर्यटन वातावरणमैत्री पर्यटन भएको ले नवीकरणीय ऊर्जा, सौर्य ऊर्जा, वायु तथा वायोग्यास ऊर्जा, आदिको प्रयोग गरी परम्परागत ऊर्जाको प्रयोगबाट उत्सर्जन हुने हरितगृह ग्यासको मात्रालाई कम गर्न टेवा पुग्दछ । त्यस्तै सेवाप्रदायक होटल तथा लजले पर्यटकको सेवा सत्कारपछि उत्पन्न हुने फोहोर मैलाको पुनः प्रशोधन, पुनः प्रयोग, पुनर्लाभ तथा न्यूनीकरण गर्ने सवालमा ध्यान दिन जरुरी छन् । पर्यटक स्वयंलाई पनि यस ’boutमा संवेदनशील र इमानदार हुनुपर्ने हुन्छ । फोहोर मैलाको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिई वातावरण प्रदूषण भई पर्यटन व्यवसायलाई नै नकारात्मक असर पर्न जान्छ । संघ, प्रदेश र स्थानीय तहका सरकारले आपसमा सद्भाव, सहयोग, सहकार्य, समन्वय र समीक्षा गर्दै पर्यापर्यटन प्रवद्र्धन गर्ने खालका अल्पकालीन र दीर्घकालीन नीति तथा रणनीति बनाएर कार्यान्वयनमा ल्याउनु आजको खाँचो हो ।

तपाइको प्रतिक्रिया
(Visited 1,046 times, 1 visits today)

epaper

ताजा समाचार

चीनका राष्ट्रपति सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि