ट्रेडिसन बचाउने कि ट्रेन्डमा होमिने ?

पछिल्लो समयमा हाम्रो समाजमा सांस्कृतिक विचलन मौलाउँदै गएको पाइन्छ । पाश्चात्य सभ्यताले हरेक क्षेत्रमा डेरा जमाउने क्रम बढिरहेको छ । नेपाली भाषामाथि अतिक्रमण हुँदै गएको भाषाविद्को ठहर छ र सामाजिक बुझाइ पनि छ । पछिल्लो पुस्तामा आमाबुवा भन्ने चलन हराउँदै छ । ड्याडी मम्मीको अंग्रेजी शब्दको प्रयोग सहर, बजार, गाउँघर यत्रतत्र हुने गरेको छ ।

जन्मदिन मनाउने चलन वर्थ डेको नाममा मौलाउँदै छ । ऋण खोजेर भए पनि केक काट्ने र मिठो मसिनो खाने चलन स्थापित भइसकेको छ । अहिलेका पुस्ताले लोकगीत सुन्दैनन् । लोकगीतको महत्व बुभ्mदैनन् । अंग्रेजी भाषाका गीतमा अभ्यस्त छन् । अंग्रेजी पछाडि हिन्दीको प्रभाव छ उनीहरूमा । यसरी हर्दा भाषा, गीत, संगीत एवं चाडपर्व मनाउने तरिकामा नयाँ ट्रेन्ड स्थापित हुँदै गएको देखिन्छ ।

अहिले विद्यार्थीमा नेपाली भाषाको सिकाइ कमजोर हुँदै गएको तथ्यांकले देखाएका छ । बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीले नेपाली भाषा शुद्धसँग पढ्न, लेख्न, बोल्न नसक्ने स्थिति छ । अंग्रेजी शिक्षालयका विद्यार्थीले नेपाली अंकलाई उच्चारण गर्न जान्दैनन् । अंग्रेजी बोल्दा आपूmलाई ठूलो एवं शिक्षित मान्छे ठान्नेहरूको संख्या समाजमा बढ्दै छ । यसरी भाषा प्रयोगको दृष्टिकोणबाट हेर्दा ‘बूढा मरे भाषा सरे’ भन्ने लोकोक्ति नयाँ पुस्तामा सार्थक भएको देखिन्छ । त्यसो त अहिलेको भूमण्डलीकरणको युगमा अंग्रेजी भाषा जान्नुपर्छ, बुभ्mनुपर्छ । अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले बोल्न, लेख्न र बुभ्mन आवश्यक छ । उच्चशिक्षा हासिल गर्न, अनुसन्धान गर्न र अन्तर्राष्ट्रिय क्षेत्रको ज्ञान आर्जनका लागि अंग्रेजी भाषाको महत्व नभएको होइन, छ पनि । तथापि, आप्mनो भाषालाई बेवास्ता गर्दै जाँदा भाषिक पहिचान लोप हुँदै जान्छ ।

आनो भााषाको ज्ञान भए पछि मात्र अन्य भाषालाई दोस्रो वा तेस्रो भाषाका रूपमा सिक्न वा विज्ञता हासिल गर्नु स्वाभाविक ठानिन्छ । राष्ट्रियता भन्ने कुरा आप्mनो, भाषा, संस्कृति, भूगोल र समाजसँग जोडिएको हुन्छ । हाम्रो कन्ट्रीमा यो छैन, त्यो छैन । त्यसैले देशमा बस्ने मन लाग्दैन । म त उतै फरेन कन्ट्रीमा बस्छु, उतै पढ्छु । यस्तो अन्डेभ्लप्ड् कन्ट्रीमा पनि कहीं हाम्रो लाइफ बित्छ ? भन्ने नयाँ पुस्ताको संख्या ठूलो छ । नवशिक्षितमा विकास भएको विदेश मोहको चिन्तन देख्दा राज्यले कस्ता नागरिक उत्पादन गरिरहेको छ ? भन्ने प्रश्नहरू उठेका छन् ।

देशको संविधान २०७२ ले हरेक नागरिकले आआप्mनो मूल भाषालाई पढ्न, लेख्न, विकास एवं संरक्षण गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर, पनि कतिपय जातजातिका भाषाहरू लोप हुँदै गइरहेका छन् । नेपाली भाषामाथि पनि अंग्रेजी, हिन्दीलगायतका भाषाको अतिक्रमण भइरहेको छ । नेपाली भाषा पढाइ, लेखाइ, न्याय, कानुन, अड्डा अदालतमा प्रयोग हुने भएकाले यो भाषाको ज्ञानको अभावमा समाज सचेत हुन सक्दैन । जागरूक हुन सक्दैन ।

मानवीय जीवनलाई सरल, सहज र अन्तरक्रियात्मक बनाउन आफ्नो भाषा, संस्कृति र चालचलनले सहयोगीको कार्य गर्दछन्

देशमा भइरहेको सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विषयको अध्ययन गर्न भाषिक क्षमता आवश्यक हुन्छ । देशको विभिन्न क्षेत्रका विषयवस्तुलाई पढ्न बुभ्mन र जान्न पनि भाषिक क्षमता चाहिन्छ । देशको चौथो अंगले सामाजिक जागरण र सूचना प्रवाहको क्षेत्रमा खेलेको भूमिकामा पनि नेपाली भाषाको ज्ञान अनिवार्य ठानिन्छ । विद्युतीय सञ्चार माध्यम, लेख, रचना, बहस, अन्तरव्रिmयालगायतका सूचना र सन्देशको प्रवाहमा पनि भाषिक ज्ञान र सीपको आवश्यकता हुन्छ ।

मानवीय जीवनलाई सरल, सहज र अन्तरव्रिmयात्मक बनाउन आप्mनो भाषा, संस्कृति र चालचलनले सहयोगीको कार्य गर्दछन् । समाजका हरेक व्यक्तिहरू सास्कृतिक प्रतिनिधी हो । अहिले संस्कृतिको विकास, संरक्षण, सम्बर्धन, विकास, बिस्तार वा पुस्तान्तरण हुन नसकेको संस्कृतिविद्हरूको गुनासो छ । नेपाल कृषि प्रधान देश हो । तर, अहिलेको पुस्ताले कृषिजन्य पुराना प्रविधिको नामसम्म जानेका छैनन् । कृषिसँग सम्बन्धित कतिपय प्राविधिक शब्द एवं उपकरण लोप हुँदै छन् । भारी बोक्ने डोको, नाम्लो, पशुहरू बाँध्ने दाम्ला, बाछाबाछीले घाँस खाने टाट्नो, दूध दुहुने गाबु, दूध तताउने कुँडे, दूध जमाउने ठेकी, दही मथ्ने मदानी, मदानीलाई सहयोग गर्ने तरी, नेती, घिउ राख्ने हर्पे आदि उपकरण ओझेलमा पर्दै गएका छन् ।

हलो, जुवा, हरिस, फाली, कर्वालगायतका नामहरू अग्रज पुस्ताको अन्त्यसँगै हराउँदै छन् । यसैगरी अन्नबाली काट्ने, सिहार्ने र भण्डारन गर्ने सामग्रीको ज्ञान पनि नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । धानबाट चामल निकाल्ने ढिंकी, मकै, गहुँ, कोदो फापरलगायतका खाद्यान्न आवश्यकताअनुसार पिठो वा मसिनो बनाउने जाँतो, तोरीबाट तेल निकाल्ने कोल, डालो, मान्द्रो, सुपो, भकारी, घुम, मदुस, कोदालो, फरुवा, आदि इत्यादि उपकरण लोप हुँदै छन् ।

हाम्रा पुर्खाले लामो समय लगाएर लोक संस्कृति र संस्कारका निर्माण गरेका थिए । त्यसो त पुराना सबै कुराहरू राम्रा नहुन सक्छन् । समाजको विकाससँगै तिनीहरूमा परिमार्जन वा नवीकरण हुन आवश्यक पनि ठानिन्छ । परन्तु, परम्परागत प्रविधिको लोप हुनु भनेको पहिचान गुम्नु हो, गुमाउनु हो । हाम्रा पुर्खाले समाजको चेतना र आवश्यकता अनुरूप जन्म, विवाह र मृत्युलगायत सामाजिक संस्कार निर्माण गरे अनि अभ्यासमा ल्याए । विभिन्न जात, जाति, धर्म, एवं सम्प्रदायका मानिसले आआप्mनै किसिमका रीतिस्थिति, चालचलन, संस्कृति एवं संस्कार स्थापना गरे । देवीदेवताको पूजाआरधना गर्ने संस्कार र अभ्यासको विकास गरे । गाउँठाउँमा मठमन्दिर निर्माण गरे । समाजलाई सांस्कृतिक रूपले धनी बनाए । धार्मिक रूपले अनुशासित बनाए । आस्तिक बनाए । किन्तु अहिले उल्लेखित अभ्यासमा नयाँ पुस्ताको चासो कम देखिन्छ ।

ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल वा वैदिकशास्त्रबाट सिर्जित ज्ञान एवं अभ्यासलाई आधुनिकताका नाममा क्षयीकरण नगराैं

नेपाली समाजमा लोकसंस्कृति मात्र होइन, लोकबाजा पनि ओझेलमा परिरहेका छन् । अहिले विवाहमा पञ्चेवाजाको सट्टा पश्चिमा बाजाको प्रयोग बढ्दै गएको छ । सनाई, भ्mयाली, दमाहा, ट्याम्को र नर्सिह जस्ता पञ्चेबाजा लोप हुने अवस्थामा पुगेका छन् । पञ्चेबाजालगायत विभिन्न जातजाति, भूगोलसँग जोडिएका बाजागाजाको विकास, संरक्षण, संवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । उल्लेखित बाजागाजा हाम्रा पहिचान हुन् । लोकसंगीतका गहना हुन् । यिनीहरूको आआप्mनै महत्व र भूमिका छ । त्यसैले पश्चीमा शैलीका गीत एवं ब्यान्ड बाजाको अतिक्रमणबाट हाम्रा लोकबजालाई बचाउनुपर्छ । यिनीहरूको संरक्षण, संवद्र्धन एवं पुस्तान्तरण गर्नुपर्छ । यसो गर्दा उल्लेखित विषयवस्तुलाई विद्यालयदेखि उच्च शिक्षासम्मको पाठ्यक्रम, पाठ्यपुस्तक एवं शिक्षण सिकाइको माध्यम बनाइनुपर्छ ।

आधुनिकताको प्रभावसँगै नेपाली राष्ट्रिय पोसाक पनि आझेलमा पर्दै गएको अवस्था छ । दौरा, सुरुवाल, कोट, टोपी, गुन्यूचोली जस्ता पोसाक नयाँ पुस्ताको रोजाइ र खोजाइमा पर्दैनन् । यसरी नेपाली समाजको जीवनशैलीमा आनोपन कमजोर हुँदै गएको देखिन्छ । मौलिकपन हराउँदै गएको अनुभूति हुन्छ । यसको अर्थ समाजको मौलिक पहिचान मेटिँदै जानु हो, आनोपन हराउँदै जानु हो । समाजले परम्पराभित्रको सौन्दर्यता, महत्व र पहिचान बुभ्mन नसक्नु हो । अग्रजले नयाँ पुस्तामा पुस्तान्तरण गर्न नसक्नु हो । राज्यले बेवास्ता गर्नु हो । यसो हुनुहुँदैन । समाजमा चलिआएका रीतिरिवाज, चालचलन र सांस्कृतिक अभ्यासका अव्यवहारिक पक्षलाई संशोधन गर्न सकिन्छ । तर, परम्पराको पहिचानलाई मेटाएर आधुनिकताको ट्रेन्डमा अन्धाधुन्ध होमिनु कदापि उचित होइन ।

अन्त्यमा नेपाली समाज बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय एवं बहुभाषिक चरित्रको भएकोले समाजका आ–आफ्नै मुल्य, मान्यता, भाषा, संंस्कति र संस्कारहरू छन् । यी सबै हाम्रा पहिचान हुन् । सान एवं मान हुन् । गौरवगाथा हुन् । जीवन जिउने मौलिक कला र गला हुन् । त्यसैले हाम्रा पुर्खाको आर्जनलाई जोगाउनुपर्छ । संरक्षण गर्नुपर्छ । संवद्र्धन गर्नुपर्छ । ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल वा वैदिकशास्त्रबाट सिर्जित ज्ञान एवं अभ्यासलाई आधुनिकताका नाममा क्षयीकरण नगरांै । अरूको नक्कल होइन, आप्mनोे मौलिकतामा अक्कल पु¥याआंै । ट्रेन्डमा मात्र होमिने काम नगरांै । टे«डिसनभित्रका सुन्दर पक्षको खोजी गरौं । मौलिकतालाई हस्तान्तरण गर्दै जाऔं ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयन आज अपराह्न ५ बजेसम्म