फेरि लम्बियो मदिरा, मोबाइल र सवारी आयातको प्रतिबन्ध

काठमाडौं । सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बसेको बैठकले यस्तो निर्णय गरेसँगै विलासिताका वस्तुका रूपमा लिइएका यी चार किसिमका सामान आयातमा लगाइएको प्रतिबन्ध आगामी २८ असोजसम्मका लागि कायम राखिएको हो ।

बढ्दो आयात घटाएर वैदेशिक मुद्रा सञ्चिति दरको हालको अवस्थामा केही सुधार ल्याउने उपायअनुसार सरकारले आगामी २८ असोजसम्म विलासिताका वस्तु आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि सरकारले विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो ।

अहिले चार किसिमका बाहेक ६ प्रकारका विलासिताका वस्तुका रूपमा हेरिएको खाद्यपदार्थलगायत सबै आयातको प्रतिबन्ध खुला गरिदिएको छ ।

महँगा जिप, कार, भ्यानलगायत चार पांग्रे, १ सय ५० सीसीमाथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरमाथिका आइफोन एवं स्मार्ट फोन तथा विदेशी मदिरा आयातमा प्रतिबन्ध दसैंपछिसम्म कायमै

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले कुर्कुरे, कुर्मुरे, लेजलगायत उत्पादनजन्य वस्तु चुरोट तथा सुर्तिजन्य वस्तु, हिरा, रंगीन टेलिभिजन (३२ इन्चमाथि), सबै प्रकारका खेलौना र तास आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

विदेशी मुद्रा सञ्चितिदर ह्वात्तै घटेपछि सरकारले गत १३ वैशाखदेखि महँगा मदिरा, सवारीसाधन, आइफोन तथा मोबाइललगायत १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यति बेला यी महँगा विलासिताका वस्तु आयातमा कडाइ गर्दै लगाइएको प्रतिबन्धका कारण वैदेशिक मुद्रा सञ्चितिदर बढेर हाल ९ अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ । जसले झन्डै ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था बनाइदिएको छ ।

सरकारले गत १३ वैशाखदेखि सुरु गरेको विलासिताका वस्तु आयातमा लगाएको प्रतिबन्ध गत ३१ असारदेखि झन् कडा बनाउँदै १४ भदौसम्म कायम हुने निर्णय गरेको थियो । मंगरबार पछिल्लो निणर्यको समय अवधि समाप्त हुनु एक दिनअघि नै सरकारले गत सोमबार पुनः यस्तो नयाँ निर्णय गरेको हो ।

नजिकिँदो दसैं–तिहार तथा छठलगायत चाडपर्व लक्षित गर्दै सरकारको पछिल्लो पटक आयात केही खुकुलो बनाउने निर्णय गरेसँगै अब यस्तो प्रतिबन्ध चार वस्तुमा मात्रै कायम छ ।

अझै आगामी २८ असोज दसैंपछिसम्म कायम राखिएका यी विलासिताका वस्तु आयात प्रतिबन्धको यसअघिको निर्णय केही खुकुलो बनाएको सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै चार वस्तु आयात लम्ब्याएको हो ।

यसअघि, प्रतिबन्ध लगाइएका १० मध्ये अन्य ६ प्रकारका विलासिताका वस्तु आयात भने खुलाइएको छ । सरकारको पछिल्लो यो निर्णयसँगै अझै महँगा जिप, कार, भ्यानलगायत सवारीसाधन, १ सय ५० सीसीमाथिका मोटरसाइकल, तीन सय अमेरिकी डलरमाथिका आइफोन एवं स्मार्ट फोन तथा विदेशी मदिरा आयातको प्रतिबन्ध दसैंपछिसम्म कायम रहनेछ ।

विशेषगरी तिहारमा बढी खपत हुने विदेशी महँगा मदिरा आयात भने सरकारले आगामी निर्णयमा खुलाउन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 430 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी