चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु

दाङ । गएराती परेको चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु भएको छ भने १० जना भन्दा बढी महिला घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुरौँ गाउँमा तिजको नाचगान गरिरहेको स्थानमा गएराती १२ बजेतिर परेको चट्याङ लागेर सोही ठाउँका १६ वर्षिया दिपा घर्ती र १९ वर्षिया मोनिशा शाहको मृत्यू भएको जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ ।

घटनामा परि १२ जना घाइते भएको र ती मध्ये गम्भिर भएका दुई जनालाई उपचारका लागी अस्पताल ल्याइएको स्थानियलाई उधृत गर्दै जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ । घटना भएको स्थान विकट भएकाले विहान मात्र जानकारी आएकाले प्रहरी र वडा अध्यक्ष विहानै घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

अप्ठेरोमा परेकालाई घरमा ग्यास पु¥याउनेः प्रजिअ