सडक भासिएपछि सिद्धार्थ राजमार्ग ठप्प

पाल्पा । अविरल बर्षासंगै आएको पहिरोले सडक बगाउदा सिद्धार्थ राजमार्ग ठप्प भएको छ । बुटवल तानसेन खण्डको तिनाउ गाउँपालिका—५ हिउँदेखोलामा सडक बगाउने गरी पहिरो खसेपछि राजमार्ग बन्द भएको हो ।

विहिबार दिउसो सडक भाँसिएपछि माथीबाट पुरेर साँझ साढे ६ बजेतिर एकतर्फी सडक सञ्चालन गरिएको थियो । ठूला सवारी सधानसमेत सञ्चालन गर्न मिल्ने गरी सडकको माथिल्लो भाग खनेर राती सडक फराकिलो बनाएपनि बिहानपख त्यही ठूलो पहिरो खसेपछि बन्द भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।

तीनवटा डोजर र लोडरले रातभरी काम गरेपनि बिहान पहिरो खसेपछि सडक सञ्चालनको प्रयास असफल भएको लम्सालले बताए । यस क्षेत्रमा करिब ६० मिटर सडक भाँसिएको छ । बर्षा भइरहेकाले काम रोकिएको छ भने सडक नै बगेकाले सडक सञ्चालन गर्न केही समय लाग्ने देखिएको छ । चुनढुंगा खानीबाट अत्यधिक भार भएका सवारी साधन साधन गुडेपछि राजमार्गको ठाउँ ठाउँमा भाँसिएको छ । यस राजमार्ग हुदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, कास्की र पर्वत क्षेत्रमा यातायात संचालन हुने गर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)

epaper

ताजा समाचार

अप्ठेरोमा परेकालाई घरमा ग्यास पु¥याउनेः प्रजिअ