निर्वाचनपछि सडक आन्दोलनमा जान्छाैं: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि अहिलेको प्रणाली फेर्न आफ्नो पार्टी सडक आन्दोलनमा जाने दाबी गरेका छन् ।

माक्र्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौंमा आयोजना गरेको ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको शासनप्रणाली र चुनाव प्रणाली फेर्न सडक आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

‘हेरिरहनुहोला चुनावपछि म सडकमा जान्छु । समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ । शासनप्रणाली र चुनाव प्रणाली बदल्न जनतामा जानुको विकल्प छैन र त्यो आन्दोलन हुनेछ,’ प्रचण्डले भने, ‘त्यो हामीबाहेक अरूले सक्दैनन् । अरूले गर्ने आन्दोलन त प्रतिगमन हो ।’

हालै संसदीय समितिमा चोलेन्द्रशमशेर जबराले आफू सडकबाट पनि घेराबन्दीमा परेको प्रसंग निकाल्दै त्यो घेराबन्दी आफूहरूले नै गरेको प्रचण्डले बताए । सोही कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले तीन÷चार वर्षभित्र उथलपुथल हुन्छ भने पनि त्यो उथलपुथल एक वर्षभित्रै हुने र त्यसको नेतृत्व आफैंले गर्ने दाबी प्रचण्डले गरे ।

सोही कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलले गैरराजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् । अध्यक्ष नेपालले गैरराजनीतिक चरित्र हाबी भएकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोत साधन उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको टिप्पणी गरे

‘राजनीतिक दलमा गैरराजनीतिक चरित्र हावी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदै छैन । जनता, राष्ट्र र समाजप्रतिको जिम्मेवारीबोधको भावना नै छैन्’ नेपालले भने, ‘देशप्रतिको भावना, जनताप्रतिको समर्पणभाव, लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको आत्मसातीकरण’bout आत्मचिन्तन गर्नुपर्ने आवश्यकता छ ।’

एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेले मदन भण्डारी र माओवादी केन्द्रले जनयुद्धको जडता छोड्नुपर्ने बताए । एमालेमा मदन भण्डारीका नाममा ठूलो जडता रहेको टिप्पणी गर्दै प्रचण्ड सहभागी कार्यक्रममा उनकै अघि भुसालले माओवादीले समेत जनयुद्धको धङधङी छोड्नुपर्ने बताए ।

‘नेकपा एमाले भनिएकोमा पनि ठूलो जडता छ । मदन भण्डारीले सबै गरिसक्नुभयो हामीले केही गर्नुपर्दैन भन्ने जडता छ,’ भुसालले भने । भुसालले भण्डारीलाई सुद बनाउने प्रयास भएको भन्दै अगाडि भने, ‘मदन भण्डारीलाई हामीले विकास गर्न छाडिसकेका छौं । मदन भण्डारीलाई सुद बनाउने अनि कुद खाएर बस्ने, विचार, सिद्धान्तको केही कुरा छैन ।’

‘क्रान्ति’ भनेको मान्छेको जीवन बदल्ने कुरा भएको बताउँदै भुसालले भने, ‘भावनाले मात्रै क्रान्ति हँुदैन, क्रान्ति भनेको मान्छेको जीवन बदल्ने कुरा हो ।’

‘भावना र कल्पनामा मात्रै बहकिने कुरा होइन’ भुसालले माक्र्सको उदाहरण दिँदै भने, ‘भावना हुन्छ क्रान्तिमा, भावना हुन्छ जीवनमा तर स्वयं त्यो भावनाले जीवनलाई हेर्छ हेर्दैन ? भन्न सकिएन भने क्रान्ति कविता र अभिलाषा मात्रै हुन्छ ।’

नेपालमा माक्र्सवाद र समाजवादको विकास गर्न तत्कालीन नेकपा विभाजन नभएको भए फड्को मार्न सकिने अवस्था रहेको टिप्पणी भुसालले गरे । ‘अस्ति हामीले पार्टी एकता ग¥यौं तर केपी ओली र प्रचण्डको झगडा परेछ अनि पार्टी विभाजन भएछ र फेरि अर्को कोर्समा लागेछ, कुरा यति मात्रै छैन । नेपालको माक्र्सवाद र समाजवादको इतिहासको कुरा गर्ने हो भने त्यो पार्टी एकताले एउटा असाधारण बाटो खोलेको थियो,’ भुसालले भने ।

तत्कालीन नेकपा नफुटेको भए १०÷१२ वर्षमा सामाजिक, आर्थिक र सामाजिक फड्को मार्न सकिने भए पनि त्यसमा सामेल पात्रहरूका कारण समाजवाद अझ परपर गएको उनले बताए ।

घोषणापत्रमा समावेश गर्नुपर्ने सुझाव दिन एमालेको आग्रह
यसैबीच आइतबार एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जारी गर्ने घोषणापत्रमा समावेश गर्नुपर्ने सुझाव दिन आग्रह गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणापत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपंक्तिलाई १५ भदौसम्ममा सुझाव दिन आग्रह गरेको हो ।

पार्टीका सबै निकाय तथा कमिटी, विभाग, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेता–कार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनले आ–आफ्नो सुझावसमेत दिइसकेका छन् ।

एमालेले पार्टी कमिटीबाहिर रहेका शुभेच्छुकहरू र आमसर्वसधारणसँग समेत सुझावको अपेक्षा गरेको छ । एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा २५ भदौभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराउन भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 376 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा