Thursday, April 22, 2021
Home प्रदेश मनकामना केवलकार शनिबारदेखि बन्द हुने

मनकामना केवलकार शनिबारदेखि बन्द हुने

,

मुग्लिन । मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिले आज सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ । कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु¥याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए ।

चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् । सहायता कक्ष स्थापना चितवनको इच्छाकामना गाउँपालिकाले कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् । गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क आजदेखि सञ्चालनमा ल्याएको हो । मनकामना केबलकारमा एक जना स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिनुभयो ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ दर्शनार्थी केवलकार चढेर जाने गर्दछन् । त्यसैलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराई सहयोग गरिएको संयोजक सापकोटाले बताउनुभयो । स्वास्थ्यकर्मीसँगै नेपाल सरकार स्वास्थ्य मन्त्रायबाट जारी गरेको कोरोना सचेतनामूलक नारासहितको पर्चासमेत उपलब्ध गराएका छन् । गाउँपालिकाभित्रका राजमार्गका होटलमा सचेतनामूलक कार्यक्रमका साथै सचेतनामूलक माइकिङसमेत गर्न शुरु गरिएको संयोजक सापकोटाले जानकारी दिनुभयो ।

हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँचसहित कोरोना सम्बन्धी सचेतनामूलक जानकारी गराउने संयोजक सापकोटाको भनाइ छ । शङ्कास्द व्यक्तिलाई परीक्षणका लागि अस्पतालमा पठाइने उहाँले बताउनुभयो । मनकामना दर्शन प्रालिले मन्दिर दर्शन गर्न जाने दर्शनार्थीका लागि दुर्ई हप्ता अघिदेखिनै एकजना स्वास्थ्यकर्मी राखी केवलकार चढ्नुअघि स्वास्थ्य जाँच गरिँदै आएको छ । अहिलेसम्मको जाँचको क्रममा कोरोनाको शङ्कास्पद व्यक्ति नभेटिएको मनकामना दर्शनप्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताउनुभयो ।

उहाँले मनकामना मन्दिर दर्शन गर्न आउने यात्रुहरुलाई प्रवेशद्वार चितवनको ईच्छाकामना–४ स्थित चेरेशमा स्वास्थ्य जाँच गराएर मात्र केवलकार चढ्नका लागि अनुमति दिइएको बताउनुभयो । घटे केवलकार चढ्ने यसैबीच कोरोना भाइरसको त्राससँगै मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्यामा कमी आएको छ ।

नायब महाप्रबन्ध कायस्थका अनुसार पछिल्लो समय दैनिक दुई हजारको हाराहारीमा मात्र दर्शनर्थाीहरुले केवलकार चढेर मनकामना मन्दिर जाने गरेका छन् । यो समयमा विगतका वर्षहरुमा तीन हजार ५०० को हाराहारीमा दर्शनार्थीहरुले दैनिक केवलकार चढ्ने गरेका थिए ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

साताका लोकप्रिय समाचार

पाँचथरमा साहित्यिक बहस

पाँचथर । कला र साहित्यको उर्वरभूमि पाँचथर सदरमुकाम फिदिममा दुई दिनसम्म साहित्यमाथि बहस भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नौलो साहित्य बिहान समाज...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा कुलप्रसाद केसीकाे नाम प्रस्ताव

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल...

बलात्कार गरेको अभियोगमा पक्राउ

काठमाडौं । ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–१ चनौरा बस्ने २४ वर्षीय दिनेश थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । थारुले...

नौ महिनामा मरे ३० गैँडा

 चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका...

एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौ । कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक...

ट्रेन्डिङ

आर्सनल, टोटेनहोम र लेस्टर युरोपा लिगको नकआउट चरणमा

लन्डन । इग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मोल्डे एफकेलाई ३-० ले पराजित गर्दै आर्सनल...

भारतले नाका खोल्न नमान्दा भारतीय क्वारेन्टाइनमै किरिया गर्दैछन् चार नेपाली नागरिक

बैतडी । भारतले सीमानाका खोल्न नमान्दा बैतडीका ४ जना ८ दिनदेखि भारतीय क्वारेन्टाइनमै किरिया गर्न बाध्य छन् । भारतीय क्वारेन्टाइनमा २ जना आफ्ना बुवा...

खेलाडीको खातामा धमाधम रकम

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूले झन्डै चार महिनापछि सरकारले घोषणा गरेको पुरस्कार रकम धमाधम पाउन थालेका छन् ।...

सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम उच्च

काठमाडौँ । कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुप-यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७...

विष्ट, वैद्य र सिंहको राजीनामा

काठमाडौं । तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट र संगीना वैद्यले नेपाल तेक्वान्दो संघबाट तथा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले राखेपको प्रशिक्षक पदबाट राजीनामा...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

राजविराज । तीन जना चढेर साथीको बिवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा बिहीबार बिहान २ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर...

‘सी’ डिभिजन लिग चैतमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग आगमी चैतमा गराउने निर्णय गरेको छ । एन्फा कार्यसमिति र ‘सी’ डिभिजन...

प्याराग्लाइडिङ दुर्घटनामा फ्रान्सेली नागरिक गम्भीर घाइते

स्याङ्जा । भीरकोट नगरपालिका ६ लुव्दीखोलामा प्याग्लाइडिङ् दुर्घटना हुँदा एक जना फ्रान्सेली नागरिक घाइते भएका छन् । भीरकोट ५ स्वरेक मैदानबाट उडेको प्याग्लाइडर नेपाल...

अहिले कम्युनिष्ट बढेका हैनन् कांग्रेस घटेको हो

  आफ्नौ मौलिकता नबुझेपछि दुख हुन्छ । अहिले कतै कांग्रेसले आफ्नो मौलिकता विर्सेर दुख पाएको हो कि भन्ने मलाई लागेको छ । कांग्रेसले क्रान्तिको सुरुवात...

कोभिड प्रभावित बन्यो इग्लिस फुटबल

लन्डन । नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि बेलायती फुटबल खेलहरु नराम्रोसँग प्रभावित भएका छन् । भेरियन्टको भाइरस देखिएयता प्रिमियर लिगका आधा दर्जन खेलहरु...

नेपालगञ्ज उपमहानगरपालिका सिल, नाकामा कडाई

नेपालगञ्ज ।  नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम वढेसँगै बाँकेमा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्जमा आइतबार थप कोरोना सङ्क्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा व्यवस्था कडा...

थप ६३४ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा २१६ संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ११७ पुगेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)