रौतहट । हात्तीको आक्रमणबाट रौतहटको एउटा सुकुम्बासी बस्ती नै ध्वस्त हुन पुगेको छ । सोमबार विहान आएको २ वटा जंगली हात्ती पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ लमाहा गाउँमा पस्दा सो गाउँ नै विस्थापित हुन पुगेका हुन् ।
१२ घरधुरी रहेको लमाहामा सोमबार बिहानको राती २ बजे आएको २ वटा हात्तीले ५ वटा घर भत्काएको छ । मानवीय क्षति भने हुन सकेन । हात्ती आएको देख्ना साथ सो गाउँका बासिन्दा भागेर चन्द्रनिगाहपुर आइपुगेको स्थानीयले बताए ।
हात्तीले स्थानीय राम पहरी, लक्ष्मण पहरी, फुलमाया मगर, अर्जुन पहरी र धनमाया पहरीको घर भत्काएको स्थानीय सरोज पहरीले जानकारी दिए ।
हात्तीले ५ वटा घरको क्षत बिक्षत बनाएको पहरीले बताए । पसलको सम्पूर्ण समानसमेत हात्तीले नष्ट गरेको उनको भनाइ छ । बिस्थापित चन्द्रनिगापुर आफन्तको घरमा बसेका छन । हात्ती फेरि पनि आउने हो कि भन्ने त्रासले सो गाउँमा मानिस आउन सकेका छैनन ।
ती हात्ती आइतबार साझ नै चन्द्रनिगाहपुर मुख्य चोक हुँदै गाउँ छिरेका थिए । करिब ११ बजे राती चन्द्रनिगाहपुरबाट ती हात्ती जंगल छिरेको थियो ।