लुटन गएका किशोरले गरे महिलाको हत्या


टहरी । सुनसरीमा लुटपाट गर्ने उद्देश्यले गएका एक किशोरले महिलाको हत्या गरेका छन् । हत्या गरेको आरोपमा प्रहरीले धनकुटाको साँघुरीगढी गाउँपालिका ८ का १८ वर्षीय निखिल भनिने नकुल राईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सुनसरी प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालका अनुसार गत भदौ २८ गते दिउँसो ३ बजेतिर धरान उपमहानगरपालिका २० विष्णुपादुकास्थित तोड्केकी ६४ वर्षीया पूर्णसरी राईको हत्या भएको थियो । राईले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी ढकालले जानकारी दिए ।

उनका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो । प्रहरीलाई घटना’bout भदौ २९ गतेमात्रै जानकारी भएको थियो ।

‘हामीलाई घटना’bout एकदिनपछि मात्रै जानकारी आएकाले घटनाको दोषी पत्ता लगाउन चुनौती थियो,’ एसपी ढकालले पत्रकार सम्मेलनमा भने, ‘घटनामा संलग्नको खोजी गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरीको अनुसन्धान समूह र तालिम प्राप्त कुकुर अनुसन्धानमा खटिएको थियो ।’ उनले घटनामा संलग्नलाई विराटनगर महानगरपालिका १५ स्थित रानी क्षेत्रबाट असोज २ गते आइतबार पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार अनुसन्धानका क्रममा राईले खुकुरी प्रहारबाट महिलाको हत्या गरेको स्वीकार गरेका छन् ।

‘मृतक पूर्णसरीले लगाएको सुनको गहना ७.२७० ग्राम लुटपाट गर्न खोजेको र प्रतिकार गरेपछि साथमै भएको खुकुरी प्रहार गरी हत्या गरेर लुटपाट गरेको खुलेको छ,’ एसपी ढकालले भने, ‘खुकुरी प्रहारबाट हत्या भएपछि धरानकै पकुवा खोलाको जंगलमा खुकुरी फालेर बराहक्षेत्र नगरपालिका ४ बाट साइकल चोरेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

आरोपित किशोरले बराहक्षेत्र ४ बाट साइकल चोरेर भोक्राहा–नरसिंह गाउँपालिकामा पुगेको बताइएको छ । भोक्राहाका २० वर्षीय रञ्जित कुमार साहलाई लुटपाट गरिएको सुनको गहना राख्न दिएको र उनी भारततर्फ लागेको अनुसन्धानबाट खुलेको छ । गहना राखेको र हत्यामा सहयोग गरेकाले साहलाई पनि प्रहरीले असोज ३ गते सोमबार गहनासहित पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजनालाई मंगलबार जिल्ला अदालत सुनसरीबाट राईलाई सात दिन र साहलाई चारदिनको म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई सानै उमेरदेखि बाबुआमा बिना नै धरानमा बस्ने गरेको र लागूऔषध सेवन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘हत्या गर्ने दिन पनि आफूले लागूऔषध गोटी सेवन गरेको उनले बताएका छन्,’ एसपी ढकालले भने, ‘एक हप्ता अगाडिदेखि नै हत्या गर्ने योजना बनाएपनि त्यसदिन चैँ प्रहार नै गरेको पाइयो ।’ उनका अनुसार लागूऔषध सेवनकै लागि लुटपाट गरेको र त्यो घटनाले ज्यानै लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटना’bout प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी