डेंगुबाट एकै दिन १ हजार ५१ संक्रमित

काठमाडौं । देशभर एकै दिन डेंगुका कारण १ हजार ५१ जना संक्रमित थपिएका छन् । हालसम्म ३२ जनाको डेंगबाट मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म २५ हजार ५ सय ४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि, आइतबारसम्म २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण भएको थियो ।

– नियन्त्रणमा सरकारी बेवास्ता

– संक्रमणबाट देशभर ३२ को मृत्युु

हालसम्म ७६ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । तर, सरकारले भने अझै ‘राष्ट्रिय प्रकोप’ घोषणा गरेको छैन । विज्ञले एक साताअघि नै ‘राष्ट्रिय प्रकोप’ घोषणा गर्न सुुझाव दिइसकेका छन् ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा १९ हजार ९ सय १० मा डेंगु संक्रमण भएको छ । लुम्बिनी प्रदेशमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५ सय ५६, मधेसमा ३ सय ८० र कर्णालीमा २ सय ३१ जनालाई डेंगु संक्रमण भएको छ ।

नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । त्यसपछि बर्सेनि डेंगु संक्रमण देखिँदै आएको छ ।

सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने २००७ मा २७, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा र सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो ।

चिकित्सकका अनुसार हल्कादेखि उच्च ज्वरो आउने, मांशपेशी अत्यधिक दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने थकान र बेचैनी हुने र जोर्नी दुख्ने संक्रमणका मुख्य लक्षण हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयले उल्लेखित लक्षण देखिएमा स्वास्थ्य संस्था जान आग्रह गर्दै आएको छ । चिकित्सकका अनुसार टोक्ने लामखुट्टेले संक्रमण सारेको भए टोकाइको ५ देखि ७ दिनमा यसको लक्षण देखापर्न थाल्छ ।

पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु नियन्त्रणका लागि पानी जम्न सक्ने खाल्डो, गमला, फुलदानी, पुराना टायरमा पानी जम्न नदिने, घर’round सरसफाइ राख्ने, शरीर पूरै ढाक्ने कपडा लगाउने, राति सत्दा झुल वा धुप प्रयोग गर्ने सुरक्षाका उपाय उपनाउन सकिन्छ ।

चिकित्सकका अनुसार हाल संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जिउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुनेजस्ता लक्षण देखिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक क्षतिपूर्तिका लागि नेपाल पूर्णरूपमा हकदार, तर पाउने कसरी ?