नागरिकतालाई राजनैतिक मुद्दा बनाउन मिल्दैनः एमाले उपसचिव ज्ञवाली

कपिलवस्तु । नेकपा एमालेका उपसचिव प्रदिप ज्ञवालीले नागरिकतालाई राजनैतिक मुद्दा बनाउन नमिल्ने बताए । कपिलवस्तुमा आयोजित पार्टी प्रवेश तथा बृहत जनसभामा बोल्दै नेता ज्ञवालीले मधेसी जनतालाई नागरिकताबाट बन्चित गराउन नुहने बताए ।

नागरिकताको विषयमा लिएर गठवन्धनका कार्यकर्ताले भ्रम फैलाउदै एमालेलाई मधेस विरोधीको संज्ञा दिएको बताए । एमाले नेतृत्वको सरकारले गत वर्ष नै नागरिकता विधयेक पास गरेको बताउदै नागरिकता जनता सँग प्रत्यक्ष जोडिएको विषय भएको हुँदा राजनैतिक मुद्धा बनाउन नमिल्ने जिकिर गरे । उनले नेपालमा जन्मिएका सबै नागरिकलाई बंसजका आधारमा नागरिकता दिनु पर्ने एमालेको माग रहेको टिप्पणी गरे ।

उनले बिदेशी बुहारीलाई नेपालको रहन सहन, सस्कृती, चालचलन सिक्ने अवधि पछि नागरिकता दिनु पर्नेमा जोड दिए । उनले एमाले नेतृत्वको सरकारले तराई मधेसका धेरै समस्या समाधान गरेको दाबी गरे । तराई मधेसमा सिंचाईको समस्या समाधान गर्न ठुला सिंचाई प्रणालीको सुरुवात एमालेको पालामा भएको बताए ।

तराई मधेसमा विकासको काम गरेको कारण एमाले प्रति प्रवेश गर्नेको जनलहर चलेकाले अहिले एमाले विरुद्ध चौतर्फी घेरा बन्दी रहेको उनले बताए । सभामा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य मधुसुधन चौधरी, जिल्ला अध्यक्ष कैलास अग्रहरी सहित एघार सय बढी नेता कार्यकर्तालाई पार्टी उपमहासचिव ज्ञवालीले एमाले प्रवेस गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९