स्याङ्जामा ४९ जना उम्मेदवार, स्वतन्त्रको चुनौती


स्याङ्जा । मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेको छ । उम्मेदवारले उमेदवारी झिक्ने समयावधी निर्वाचन आयोगले असोज २६ गते १ बजेसम्म तोकेको थियो । असोज २३ गते स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि झण्डै ६० जनाले उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र उम्मेदवार सहित केही गठबन्धनका दलले उम्मेदवारी फिर्ता लिएपछि अब स्याङ्जामा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । स्याङ्जा संघिय क्षेत्र नम्वर १ मा १३ जना र क्षेत्र नम्वर २ मा १२ जना प्रतिनिधिसभाका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

यसै गरी ४ प्रदेशमा २५ जना उम्मेदवारबिच चुनाबी प्रतिस्पर्धा हुने मुख्य निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । ४९ जना उम्मेदवार मध्ये ६ जना संघ र प्रदेशमा स्वतन्त्र उम्मेदवार रहेका छन् । विभिन्न राजनीतिकदलबाट असन्तुष्ट बन्दै स्वतन्त्र उम्मेदवार बनेका व्यक्तिहरुबाट निर्वाचित बन्नका लागि राजनीतिकदललाई चुनौती हुने दिने देखिएको छ । स्वतन्त्र उम्मेदवारहरुले ठुला राजनीतिकदलका कुन उम्मेदवारलाई असर पु-याउन सक्छन् भन्ने आँकल गर्न मंसिर ४ नै कुनुपर्ने अवस्था रहेको छ ।

मुख्य निर्वाचन कार्यालय स्याङ्जाले प्रकाशन गरेको अन्तिम नामावली अनुसार स्याङ्जा संघिय क्षेत्र नम्वर १ मा प्रतिनिधिसभाका लागि नेकपा माओवादी समाजवादीबाट इश्वरी पौडेल, राष्ट्रिय जनमुक्तिबाट ओमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पाटीबाट ख्यामबहादुर गुरुङ, जनसमाजवादी पाटी नेपालबाट तिलकुमारी नेपाली रहेका छन् । त्यस्तै नेकपा एमालेबाट नारायण मरासिनी, मंगोल नेशनल अर्गानाइजेसनबाट निर्मल आले, नेपाली काँग्रेस विपीबाट प्रदिपकुमार पौडेल क्षेत्री, राष्ट्रिय स्वतन्त्रपाटीबाट बोधराज रेग्मी, नेपाली काँग्रेसबाट राजु थापा, स्वतन्त्रबाट लोकबहादुर दमै, हाम्रो नेपाली पाटीबाट सोमबहादुर नेपाली र मौलिक जरोकिलो पाटीबाट हरि नेपाल अब चुनाबी प्रतिस्पर्धामा छन् ।

संघिय क्षेत्र १ को प्रदेश (क) बाट नेकपा एमालेका सिता कुमारी सुन्दास, नेकपा माओबादी केन्द्रका अमृता थापा, राप्रपाका सुर्यलाल श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका तिरथ गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका भुवन सिह् थापा, हाम्रो नेपाली पार्टीका मकबुल मियाँ, स्वतन्त्र दुर्गा दत्त भुसालले दिएको उम्मेदवारी कायम गरी अन्ति नामावली प्रकाशन गरेको छ । संघिय क्षेत्र नम्वर १ को प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट गोविन्द प्रसाद उपाध्याय, मंगोल नेशलन पाटीबाट चिन्तु गुरुङ, नेपाली काँग्रेसबाट बुद्धिबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पाटीबाट शान्तिकुमारी हमाल, नेकपा एमालेबाट सुधिरकुमार पौडेलको उम्मेदवारी कायम भई अन्तिम नामावली प्रकाशन भएको छ ।
यसैगरी स्याङ्जा संघिय क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेस वीपीबाट गणेशप्रसाद पाण्डे, स्वतन्त्रबाट चिरन्जीवी पाण्डे, मंगोल नेशनल अर्गनाईजेसनबाट चोकबहादुर गुरुङ्, राष्ट्रिय स्वतन्त्र पाटीबाट टिकराज गुरुङ, नेपाल कम्युनिष्ट पाटी माक्सवादी ( पुष्पलाल) पाटीबाट डोलराज वि.क., स्वतन्त्रबाट ढालप्रसाद पाण्डे रहेका छन् ।

नेपाली काँग्रेसबाट धनराज गुरुङ, एकिकृत शक्ति नेपाल पार्टीबाट नरबहादुर खड्काथोकी, नेकपा एमालेबाट पद्माकुमारी अर्याल, राष्ट्रिय जनमुक्ति पाटीबाट रिनिसरा गाहा राना, राष्ट्रिय प्रजातन्त्र पाटीबाट लालगोपाल अर्याल, स्वतन्त्रबाट सागर ढकालले संघिय सांसदपद्का लागि दर्ता गरेको उम्मेदवारी कायम भएको छ । सबै उम्मेदवार अब मंसिर ४ गते चुनावी प्रतिस्पर्धामा उत्रने छन् ।

यसैगरी संघिय निर्वाचन क्षेत्र नम्वर २ को (क) प्रदेशमा स्वतन्त्रबाट धनबहादुर गुरुङ, नेपाली काँग्रेसबाट भोजराज अर्याल, नेकपा एमालेबाट मोहन रेग्मी, मंगोल नेशनल अर्गनाईजेसनबाट राजु गुरुङ, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट रामचन्द्र भट्टराई, राष्ट्रिय प्रजातन्त्र पाटीबाट सागर गैह्रे र राष्ट्रिय जनमोर्चाबाट हुमबहादुर वि.क.ले प्रदेश सांसदका लागि उम्मेदवारी कायम भएको छ । प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पाटीबाट कमल डुम्रे, राष्ट्रिय जनमुक्ति पाटीबाट खड्क बहादुर झेडी, मंगोल अर्गनाईजेसनबाट खर्कबहादुर ढकाल, मौलिक जराकिलो पाटीबाट तोयनाथ ढकाल, नेकपा एमालेबाट बुद्धिमान श्रेष्ठ र नेपाली काँग्रेसबाट महेश भट्टराईले प्रदेश सांसदको उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोग स्याङ्जाले जनाएको छ ।

निर्बाचन कार्यालयले मंगलबारबाटै स्वतन्त्र उम्मेदवारलाई चुनाब चिन्ह्र प्रदान गरिसकेको छ । अब निर्वाचनका कार्यक्रम लिएर राजनीतिकदलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार जनताको घरदैलोमा पुग्न बाटो खुला भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै