ओझेलमा हुलाक सेवा

विश्वमा सञ्चार माध्यममा सबैभन्दा पहिले हुलाक सेवाको सुरुवात भएको इतिहास छ । यसरी, सञ्चारको औपचारिक सुरुवात हुलाकबाट भएको थियो । पहिले, हालखबरको समाचार एक ठाउँबाट अर्को ठाउँमा खबर आदानप्रदान गर्ने चिठीपत्रको प्रयोगलाई हुलाकले व्यवस्थित गर्ने प्रचलन थियो । यसै सन्दर्भमा हुलाकभन्दा अगाडि सूचनाको माध्यममा घोडा, परेवा, पशुपंक्षीहरूजस्ताबाट सञ्चारको कार्य गर्ने प्रचलन रहेको किंवदन्ती छ । फलतः इन्टरनेटकै कारणले गर्दा आज विश्वको आयातन साँघुरिएको छ । हाल आएर संसारकै एक कुनादेखि अर्को कुनासम्म सञ्चार माध्यम सहज भएको छ । यी प्रविधिको कारणले गर्दा सम्भावनाका अनेक द्वार खुलेका छन् ।

तसर्थ, दैनिक जीवनयापनदेखि वित्तीय अभ्यास र राजनीतिकवृत्तमा समेत इन्टरनेटले खेलेको भूमिकालाई सीमित शब्दले व्याख्या गर्न असम्भवप्रायः भएको छ । यसरी, विद्युत् चुम्बकीय तरंगमार्फत संसारभर छरिएका सूचना र हातहातमा बोक्न मिल्ने ल्यापटप र मोबाइलजस्ता उपकरणहरूले इन्टरनेटको साम्राज्य निर्माण गरेको छ । अब इन्टरनेटबिनाको संसार अकल्पनीय भइसकेको छ । यसर्थ, महिनौं लगाएर आउने चिठीपत्रको प्रतीक्षामा बस्ने पुस्ता आप्mनो जीवनको उत्तराद्र्धमा परदेश बस्ने नातिसँग भिडियो च्याट गर्ने भएको छ । मूलतः इन्टरनेटकै माध्यमबाट सूचना आज सर्वव्यापी भएको छ । संसारको जुनसुकै कुनामा भएका घटनाको सूचना आज मिनेटभरमा संसारभर फैलिन थालेको छ । कुनै पनि घटनाप्रति इन्टरनेटकै माध्यमबाट दिइने प्रतिक्रियाले निकै चर्को दबाब सिर्जना गर्न थालेका छन् ।

हाम्रो देशको भन्ने हो भने कुल जनसंख्याको २३ प्रतिशतभन्दा बढी अर्थात् २७.७६ मिलियन मानिस इन्टरनेटको प्रयोगकर्ताका रूपमा रहेको अनुमान गरिएको छ । यसरी, हालसम्ममा विश्वमा इन्टरनेटको प्रयोगकर्ताको संख्या ४.६६ बिलियनभन्दा बढी पुगेको अनुमान गरिएको छ । त्यस्तै, हरेक दिन करिब ५० करोड ट्विट गरिन्छन् । यसरी, २ अर्ब ६० करोडभन्दा बढी मानिसले प्रत्येक दिन अनलाइन प्रयोग गर्छन् । मानिसहरू अघिल्लो पुस्ताले कल्पना पनि गर्न नसक्ने सूचना स्रोतसँग पहुँच स्थापना गर्न सफल भएका छन् ।

हुलाकभन्दा अगाडि सूचनाको माध्यममा घोडा, परेवा, पशुपंक्षीजस्ताबाट सञ्चारको कार्य गर्ने प्रचलन रहेको किंवदन्ती छ

इन्टरनेट र सोसल मिडियाको विकासले हाम्रो काम गर्ने तरिका, जीवनशैली र हाम्रो सञ्चारको तरिका नै फेरिदिएको छ । आज संसारभर ६० करोडभन्दा बढी वेभसाइट छन् । कसैले सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाइरहेको र भौतिक संसारबाट भर्चुअल संसारतर्फ लगिरहेको टिप्पणी गरिरहेको बताइरहँदा समाजशास्त्री ब्यारी वेलम्यानस्टेट्स भने फरक धारणा राख्छन् । भन्छन्, ‘इमेल, म्यासेज, च्याटजस्ता अनलाइन सञ्चारले परम्परागत अफलाइन वा प्रत्यक्ष सञ्चारलाई विस्थापन गरेको छैन । यसको साटो यसले सम्पर्कको आयाम बढाएको छ ।’

देशमा हुलाक सेवाको विकासक्रमसँगै चिठीपत्रको जमानामा एक जनाले अरू कसैलाई लेखेको चिठी तेस्रो व्यक्तिले पढ्नु ठूलो अपराध मानिन्थ्यो । जति नै जरुरी कुरा भए पनि चिठीकै माध्यमबाट जानकारी लिनेदिने गरिन्थ्यो । त्यसको सट्टा अरू कुनै उपाय नै थिएन । यस्तो अति नै महŒवपूर्ण चिठी पठाउन र पाउनका लागि हाम्रो देशका अधिकांश मानिसले एकदुई दिनदेखि लिएर तीनचार दिनसम्मको पैदल यात्रा गरेर हुलाक कार्यालय जानुप¥थ्यो । महिनौंपछि प्रापकको हात परेको चिठीले कुनै न कुनै नयाँ खबर ल्याएकै हुन्थ्यो । त्यसमा पनि मृत्युका समाचार बोकेका चिठी प्रायः धागोले बाँधेर पठाइएका हुन्थे । ताकि, त्यो जरुरी खबर चिठी हात पर्नासाथ नखोलीकनै पनि थाहा होस् । यसर्थ, फोनबाहेक पनि आजकल फेसबुकहरूमा च्याट गरेजस्तो बाह्रसत्ताईस अनावश्यक कुरा गर्ने बानी त्यतिखेरका मानिसको छँदै थिएन । अलिपछि आवा (आकाशवाणी) भन्ने आयो, जो जिल्ला सदरमुकामहरूमा मात्र रहन्थे । त्यहाँबाट पठाइने सन्देशमा अक्षर गनेर पैसा लिइने भएकाले सन्देशका अक्षरहरू सकेसम्म कम पार्न तिनलाई मिलेसम्म छोटो पार्ने गरिन्थ्यो । त्यसो गर्दा कतिपय छोटो पारिएका अक्षरको अर्थ हास्यास्पद भई नबुझेर प्रापक र वाचकहरू हैरान पनि हुनुप¥थ्यो ।

त्यसमा खासगरी प्रायः मृत्युका समाचार पठाउन मात्रै मानिसहरू कुदाकुद गरेर जाने गर्थे । भारतमा बसोबास गर्ने आफन्तलाई त्यस्तो समाचार दिनुप¥यो भने भारतीय सीमानजिक भएका मानिसलाई चाहिँ सजिलो प¥थ्यो । एकताका चिठीकै अर्को सुधारिएको रूपजस्तो लाग्ने अल इन्डिया रेडियोबाट प्रसारण हुने नेपाली कार्यक्रममा हप्ताको दुईपटक गोरखा सैनिक जवानहरूको सन्देश, तिनका घरपरिवारका नाममा भनी भारतीय सेनामा कार्यरत केही नेपाली सैनिकको सन्देश पनि प्रसारण गरिन्थ्यो । जे होस्, कुनै बेला सञ्चारको अत्यन्त महŒवपूर्ण र निर्विकल्प माध्यम मानिएको चिठी आजकल धेरै घट्दो विषयवस्तु भएको छ । जसरी सरकारी कामकाजका लागि अदालतको म्याद तामेलीका लागि कर्मचारी नै खटिने गरेको त पहिलेदेखि नै हो । त्यसका लागि चिठी पठाएर हुँदैन थियो ।

तर, आजकल चिठी पठाउनै पर्दा पनि एउटा कार्यालयले अर्को कार्यालयलाई र कार्यालयले व्यक्तिलाई औपचारिक जानकारी पठाउनुपर्ने अवस्थाबाहेक चिठी पठाउने काम प्रायः कसैले गर्दा पनि गर्दैनन् र त्यस्तो काम कसैलाई पर्दा पनि पर्दैन । यसर्थ, च्याट, भाइबर, भिडियो कल, स्काइभ सबैको पहुँचमा नभए पनि मोबाइल भने प्रायः सबैको हातहातमा छ । अतः गाउँघरका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूले किताब किन्न नसके पनि अर्काको भारी बोकेर वा अरू नै कुनै ज्यालामजदुरी गरेरै भए पनि सकेसम्म दामी मोबाइल किनेर चलाएकै हुन्छन् ।

त्यसरी नै, विदेशतिरै कुरा गर्नुपरे पनि पैसा खर्च हुन्छ भन्ने कुराको पिरै गरिँदैन । यसमा पनि खबर आदानप्रदानको काम उतिखेरको उतिखेरै मोबाइलबाटै हुने भएपछि, महिनौं लाग्ने चिठीको प्रयोग कसले गरिरहोस् ! त्यसैले, गोश्वारा हुलाकतिर केही काम हुँदो हो । नत्र, अन्यत्र हुलाक र हुलाकका कर्मचारीको खासै काम देखिएको छैन । यसरी, चिठी पठाइदिने र ल्याइदिने हुलाक कार्यालयको काम पहिलाजस्तो सक्रिय र जरुरी पनि छैन । यो अब पुरानो जमानाको प्रयोग भइसकेको छ ।

सरकारले बचत बैंक र टेलिसेन्टर सञ्चालन गर्न दिएर हुलाकलाई टिकाउन खोजे पनि त्यो व्यावहारिक र प्रतिस्पर्धी बन्न सकेको छैन

समग्रमा भन्नुपर्दा सन् १६६० मा बेलायतका तत्कालीन राजा चाल्र्स द्वितीयले जेनेरल पोस्ट अफिस स्थापना गरेको इतिहास भेटिन्छ । हाम्रो देशको कुरा गर्ने हो भने तत्कालीन राणा प्रधानमन्त्री रणोद्वीप सिंहको पालामा विक्रम संवत् १९३५ नेपाल हुलाक घरबाट यसको इतिहास सुरु भयो । हालको २१औं शताब्दीलाई अवलोकन गर्ने हो भने मोबाइल र इन्टरनेटको विकासले हुलाक सेवालाई पछि पारेको हो । यसर्थ, नागरिकले अहिले छिनभरमा नै सूचना पठाउँछन् र लिने एकातिर छ भने यो गतिमा हुलाक सेवा पुग्न सकेको छैन । यी कारणले गर्दा हुलाक सेवाले दिने सेवामा सुधार आउन सकेको छैन । त्यसैले, अहिले हुलाक सेवा कार्यालयहरू छायामा परेका उदाहरण धेरै छन् ।

यसमा प्रविधिमैत्री भए पनि हुलाक सेवामा सरकारको लगानी घटेको छैन । यी कार्यालयमा काम नभए पनि कर्मचारी पाल्नै परेको स्थिति एकातिर छ भने अर्कोतिर भने सरकार हुलाक सुधार गर्न तत्पर पनि देखिँदैन । यसका साथसाथै, मुलुकको संविधान २०७२ ले सूचनाको हक प्रत्येक नागरिकलाई दिने भन्ने उल्लेख भएको छ । यस हकभित्र नागरिकले चाँडोभन्दा चाडो सूचना प्राप्त गर्ने अधिकार नै दिएको छ । अतः हुलाकलाई पछिल्लो समयमा आएर केही अधिकार दिए पनि यो पर्याप्त छैन । जबकि, सरकारले बचत बैंक र टेलिसेन्टर सञ्चालन गर्न दिएर हुलाकलाई टिकाउन खोजे पनि त्यो व्यावहारिक र प्रतिस्पर्धी बन्न सकेको छैन । अहिलेको अवस्थामा कुनै पनि सामान पठाउने र ल्याउने काम हुलाक सेवाले नगर्दा त्यो काम निजी क्षेत्रबाट पनि हुने गरेको देखिन्छ ।

यसले गर्दा यसमा यो काम हुलाकले गरेको भए सरकारलाई पनि फाइदा र सेवाग्राहीलाई पनि राहत मिल्ने थियो । यसो हुन नसकेको कारणले गर्दा सञ्चारसँग काम गर्नसक्ने कामहरू धेरै छन् । ती काम हुलाकलाई दिए सरकार र नागरिक दुवैलाई फाइदा पुग्छ, जसले गर्दा राजस्व पनि वृद्धि हुने थियो ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

मुगुमा हाइलक्स जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते