आमनिर्वाचन २०७९ को प्रक्रिया सुरु भएर उम्मेदवारको मनोनयन भइसक्दा समेत आमजनतामा निर्वाचनप्रति खासै उत्साह र रुचि देखिन सकेको छैन । विशेषगरी, पछिल्ला तीन दशकयता राजनीतिमा देखिएको चरम अवसरवाद, भ्रष्टाचार, स्वार्थ, तिकडम, बेइमानी, फट्याइँ, धुत्र्र्याइँका कारण जनता निराश र वाक्क छन् ।
लोकतन्त्रले स्वतन्त्रताको ठाउँमा स्वच्छन्दता र छाडापनको वीजारोपण गरेको छ । तर, यसमा शासन प्रणालीका रूपमा रहेको लोकतन्त्रको कुनै गल्ती छैन । लोकतन्त्रलाई सञ्चालन गर्ने राजनीतिक दल र तिनका ठेकेदारहरू महादोषी हुन्, जसले सुन्दर प्रणालीका रूपमा रहेको लोकतन्त्रलाई नै विरूप बनाइरहेका छन् ।
हाम्रो लोकतन्त्रमा सबैभन्दा छाडा र स्वच्छन्दवादी कोही छन् त राजनीतिक दल र तिनकै नेताहरू छन् । जसले जे गरे पनि हुने र जतिसुकै अराजकता मच्चाए पनि हुने अनौठौ शैली नेपालको राजनीतिक प्रणाली र दलीय सिस्टममा देखिन थालेको छ । जसले सबैभन्दा बढी ठग्न सक्यो, बद्मासी गर्न सक्यो र कालोधन कुम्लाउन सक्यो, उही सबैभन्दा ठूलो नेता र नेताका नजिक हुने अवस्था सिर्जना भइरहेको छ । दल र नेताहरू बिचौलियाको जालोबाट नराम्ररी घेरिएका छन् । किनबेचको माध्यम बनेका छन् । मुलुकको राष्ट्रियता धरापमा परेको छ । नेताहरूले आप्mनो स्वार्थका लागि राष्ट्रिय स्वार्थसमेत बिर्सन पुगेका छन् । यो मुलुकका लागि भयंकर ठूलो अनिष्टको संकेत हो । यसरी, राजनीतिक दल र तिनका नेता यस्तै अवस्थामा रहने र नसच्चिने हो भने उनीहरूकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै पतन हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । किनकि, शासन व्यवस्था मात्रै राम्रो भएर हँुदैन, त्यसलाई सञ्चालन गर्नेहरू पनि राम्रा, इमानदार र कर्तव्यनिष्ट हुन जरुरी छ ।
स्वार्थप्रेरित गठबन्धन र तालमेलधारीलाई हराएर यसपटक नेपाली जनताले नयाँ इतिहास बनाउन सक्नु पर्र्छ । हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिन सकियो भने पनि अवसरवादी जथ्था स्वतः पराजित हुनेछन्
लोकतन्त्र प्रतिस्पर्धात्मक शासन व्यवस्था हो । तर, यतिखेर निर्वाचनको घोषणा त भएको छ तर निर्वाचनपछि सत्ताको रसास्वादन गर्ने उद्देश्यले त्यसअघि नै गठबन्धन गरिएको छ । जोसुकैले जुन रूपमा गठबन्धन र तालमेल गरे पनि त्यो राजनीतिक रूपमा बेइमानी नै हो । कुनै सिद्धान्त, विचार र राजनीतिक मान्यता नै नमिल्ले राजनीतिक दलबीच गठबन्धन र तालमेल हुनु लोकतान्त्रिक पद्धतिविपरीतको कार्य हो ।
मित्रवत् प्रतिस्पर्धा गर्न छाडेर निर्वाचनपछि आप्mनै सरकार बनाउने उद्देश्यले फरक फरक विचार र सिद्धान्त भएका दलहरू पनि निर्वाचनअगावै गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । यो लोकतन्त्र र प्रतिस्पर्धात्मक व्यवस्थाको हुर्मत लिने कार्य हो । यसले लोकतान्त्रिक शासन व्यवस्थालाई अत्यन्तै कमजोर बनाउने निश्चित छ । गठबन्धन वा तालमेल यी दुवै प्रतिस्पर्धात्मक व्यवस्था र लोकतान्त्रिक परिपाटीविपरीतका कार्य हुन् । राजनीति केका लागि ? शक्ति, सत्ताका लागि वा सिद्धान्त र समाजसेवाका लागि ? गठबन्धन वा तालमेल गरेका दलहरूसँग यसको जबाफ दिने हैसियत छैन । किनकि, उनीहरूको मुख्य उद्देश्य जसरी पनि सत्तामा जाने र आप्mनो तथा आप्mनो हित समूहको रुचि पूरा गर्नु रहेको देखिन्छ ।
आमनिर्वाचनमा टिकट वितरण गर्दा ठूला भनिएका सबै दलमा कुनै मापदण्ड र योग्यता हेरिएन । त्यसैले, प्रायः सबै दलमा एक किसिमको असन्तुष्टि देखिएको छ । अहिले, पैसाको बिटो हेरेर टिकट दिइएको छ । नेतृत्वको चाकडी दलाली गर्नेहरू अधिकांशले टिकट पाएका छन् । इमानदारहरूलाई टिकट नदिएर हुर्मत लिने काम गरिएको छ ।
विशेषगरी, पाँच दलीय गठबन्धन सरकारको विगतको एक वर्षको गतिविधि हेर्दा यसले मुलुकको विकास, समृद्धि र सुशासनको हकमा केही काम गर्न सक्दैन भन्ने पुष्टि भइसकेको छ । गठबन्धनको सरकार राष्ट्रिय स्वाभिमान उँचो बनाउने विषयमा पनि पुरै असफल भइसकेको छ । तैपनि, वर्तमान सरकार सञ्चालकहरू फेरि पनि साम, दाम, दण्ड, भेदको नीति अपनाएर चुनावलाई आप्mनो पक्षमा पार्ने रणनीतिमा छन् । कथंकदाचित्, वर्तमान गठबन्धनकै सरकारले निरन्तरता पाउने खालको जनमत आयो भने नेपाली जनता फेरि पाँच वर्षसम्म यस्तै महँगीको मारले थिचिनु पर्नेछ । मुलुक विकास र समृद्धिमा निकै पछि पर्नेछ र सुशासनको ढोकासमेत बन्द हुनसक्ने देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा काठमाडौंमा बालेन, धरानमा हर्कजस्ता कर्मशील युवाहरूले निर्वाचन जित्दा आमजनतामा एक किसिमको खुसी छाएको थियो ।
आमनागरिक महँगीको मारले थिचिनुपर्दा त्यसमा उनीहरूको ध्यान गयो कि गएन ? गठबन्धनधारी र तालमेलधारीहरू जनताको गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको समस्या समाधान गर्छौं भन्दै आए कि आएनन् ? आममतदाताले ठन्डा दिमागले सोच्नुपर्ने भएको छ
जनताले संघीय निर्वाचनमा पनि बालेन, हर्कजस्ता कर्मवीर युवा देशभरमा निस्किएलान् भन्ने विश्वास गरेका थिए तर अहिले निर्वाचनमा परेको मनोनयन संख्या हेर्दा त्यस खालका युवाहरू देखिन सकेका छैनन् । यो संघीय निर्वाचनमा स्वतन्त्र युवाहरूले जबर्जस्त भूमिका निर्वाह गर्नसक्नु पथ्र्यो तर बिडम्बना स्वतन्त्रको नाममा एकै निर्वाचन क्षेत्र बाट ६–७ जनासम्म स्वतन्त्र युवाहरू उठेको देखिएको छ । यसमा युवाहरूले बुद्धि पु¥याउन सकेनन् । उनीहरूले सल्लाह गरेर भित्री रूपमा एउटा सञ्जालजस्तो बनाएर एक निर्वाचन क्षेत्रमा एक जना मात्रै स्वतन्त्र उम्मेदवार उठेको भए स्वतन्त्रहरू ठूलो संख्यामा निर्वाचित हुनसक्ने सम्भावना थियो तर उनीहरू आफंै विभाजित भएर उठेको हुँदा स्वतन्त्र उम्मेदवारको लहर आउन नसक्ने देखिएको छ । यो दुर्भाग्यपूर्ण हो । त्यसैले, अब हरेक जनताले हाम्राभन्दा पनि राम्रा मान्छे हेरेर भोट हाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
गठबन्धन र तालमेधारीलाई भोट हाल्नुभन्दा अघि धेरैपटक सोच्नुपर्ने बेला आएको छ । गठबन्धनधारी र तालमेलधारीलाई किन र केका लागि भोट हाल्ने ? जसको कुनै सिद्धान्त, विचार र आदर्श मिल्दैन, उनीहरू एकजुट भएको नाटक मञ्चन गरेर तपाईंहरूको घरदैलोमा भोट माग्न आउँदै छन् । त्यसैले, हरेक नागरिक र मतदाता सचेत हुनुपर्ने बेला आएको छ । हिजो कोभिडका कारण हजारौं नागरिक मारिँदा कुन कुन दल एकजुट भएर नागरिकको पीडामा मलम लगाउन पुगे ? आज डेंगुको संक्रमणले नागरिक त्राही त्राही हँुदा गठबन्धन तथा तालमेलधारीहरू डेंगुको उपचार र औषधि लिएर कुन कुन नागरिकको घरमा पुगे ? यस्ता विषय गम्भीर रूपमा सोच्नुपर्ने भएको छ । आमनागरिक महँगीको मारले थिचिनुपर्दा त्यसमा उनीहरूको ध्यान गयो कि गएन ? गठबन्धनधारी र तालमेलधारीहरू जनताका गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको समस्या समाधान गर्छौं भन्दै आए कि आएनन् ? आममतदाताले ठन्डा दिमागले सोच्नुपर्ने भएको छ । आमजनता समस्या नै समस्याले ग्रस्त हँुदा जनताको समस्या समाधान गर्न कुनै प्रकारको गठबन्धन बन्न सकेन । कुनै प्रकारको तालमेल बन्न सकेन । तर, सत्तामा गएर लुटतन्त्र मच्चाउन र जनतालाई पीडा दिन बनेका यस्ता सबै खाले गठबन्धन र तालमेलधारीलाई अब भोट होइन, चोट दिऔं । स्वार्थप्रेरित गठबन्धन र तालमेलधारीलाई हराएर यसपटक नेपाली जनताले नयाँ इतिहास बनाउन सक्नु पर्र्छ । हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिन सकियो भने पनि अवसरवादी जथ्थाहरू स्वतः पराजित हुनेछन् ।






