बझाङमा ७० बर्षिया बृद्धले गरे ६ बर्षिया बालिका बलात्कार

बझाङ । बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिकामा ६ बर्षिया बालिका बलात्कृत भएकी छन् । छविसपाथिभेरा गाउँपालिका २ घर भएका ७० बर्षिया एक बृद्ध ब्यक्तिले ६ बर्षिया बालिकाको बलात्कार गरेको आरोप लागेको छ ।

छबिसथाथीभेरा – २ का ७० बर्षिय धनगिरी सार्कीले बालिकालाई आफ्नै घरमा ललाई फकाई करणीे गरेको प्रहरीले जनाएको छ । गएको भदौ ९ गते सार्कीले बालिकालाई चक्लेट, बिस्कुट दिन्छु भन्दै ३ पटक लगातार बलात्कार गरेको पिडित बालिकाको भनाई छ । बालिकाको आमा माईती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा लिएर करणी गरेको थिए ।

बालिकाका आफ्ना आफन्त संग खेतमा खेलि रहेको बेला आरोपित सार्कीलाई देखेपछि डरले लुकेकी थिइन् । उनका आफन्तले बालिकालाई किन लुकेको भनेर सोधेपछि बालिकाले घटनावारे जानकारी गराएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रमेश अबस्थीका अनुसार सार्कीले अपराध स्वीकार गरेको बताउँदै प्रहरीले नियन्त्रणमा लिई सकेको र आबश्यक अनुसन्धान भईरहेको बताए ”। उनले बालिकाको स्वास्थ्य परिक्षण समेत गरि सकेको बताउँदै योनीमा चोट लागेको देखाएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ जना उम्मेदवारले एक मत पनि पाएनन्