हुलाकी मार्ग नबनाएकाे भन्दै सर्लाहीमा दलका नेताहरुलाई आवातजावतमा रोक

सर्लाही । मंसिर ४ गते हुने चुनावलाई लिएर आजदेखि दलहरुले प्रचार प्रसार गर्न पाउने भएपनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उम्मेदवारलाई आवातजावतमा रोक लगाइएका छन् । अहिले कौडेना गाउँपालिकाका युवाहरुले संयुक्त रुपमा हुलाकी राजमार्गमा घाट राखेर टायर बालेर प्रदर्शन गरिरहेक छन् । तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै कौडेना वडा नम्बर ३ का वडाअध्यक्ष पचु चौधरीको नेतृत्वमा स्थानीय युवाहरुको समुहले नेताहरुलाई चुनावी प्रचारप्रसार गर्न आवतजावतमा रोक लगाएको कौडेनाबाट पत्रकार निरज यादवले जानकारी दिए ।

सर्लाहीका युवाहरुले गरे नेताहरुलाइ बहिस्कार


नेताहरुलाई आवतजावतमा रोक लगाउने कामकाे नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको बताए ।

उनले प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको बताए । उनले तत्काल सडकमा पानी छर्कने काम गरेर सडक छिट्टै बनाउने प्रतिवद्धता भएमात्रै सडक खुलाउने बताए ।

हुलाकी राजमार्ग नबन्दा स्थानियहरुले वर्षौ देखि शास्ती भोग्नु परेको छ, नेताहरुले चिल्लाे गाडी चढेर आउने गरेको हुदाँ धुलोको समस्यालाई मतलब नगरेको स्थानिय मनोज पासवानकाे भनाइ छ । धुलोले गर्दा हुलाकी राजमार्गमा दिनहु हजारौ मानिसहरु प्रभावित बनेको छ ।

नागरिक समाजका अगुवा रजनिकान्त झाले दबाब दिनु स्वभाविक भएकाे बताए ‘यो काम पहिला नै हुनुपर्ने थियो, युवाहरुले सरकारलाई ध्यानकर्षण गरे राम्राे भाे ।’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
वीरगञ्जमा मत गणना सुरू