गेटबाटै बचतकर्तालाई रित्तोहात फर्काउँदै श्री लालीगुराँस सहकारी

काठमाडाैं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्तालाई समयमा नै रकम फिर्ता गर्न नसक्दा बचतकर्ता आक्रोशित हुने क्रम बढेको छ । रकम फिर्ता लिन आएका बचतकर्तालाई सो सहकारीले सिस्टम बिग्रिएको छ भन्दै गेटबाटै फर्काउने गरेको पाइएको छ । सो सहकारीले दसैंअघि नै बचत फिर्ता माग्न पुगेका बचतकर्तालाई छठपछि मात्रै रकम फिर्ता दिने भन्दै आलटाल गरेर फिर्ता पठाएको थियो । छठ सकिएलगत्तै गत सोमबार बचत फिर्ता लिन पुल्चोकस्थित श्री लालीगुराँस सहकारी संस्थाको कार्यालय पुगेका दर्जनौं बचतकर्ताहरू रकम फिर्ता नपाएपछि त्यसै फर्कन विवश भए । जसका कारण सहकारीमा केही समय तनावसमेत भएको बताइएको छ ।

मंगलबार पनि बचत रकम फिर्ता लिन सहकारीको कार्यालय पुगेका बचतकर्तालाई कर्मचारीले फेरि सिस्टमको खराबी देखाउँदै आलटाल गरेका थिए । अहिले पनि कर्मचारीले सिस्टम बन्न केही दिन लाग्ने भन्दै बचतकर्तालाई फर्काउने गरेका छन् ।

‘चार÷पाँच दिन कसैलाई पनि कार्यालयमा नआउनू भनिएको छ । यसरी सिस्टम बिग्रिएका घटना अहिलेसम्म थाहा थिएन । यो नै पहिलो हो’, एक बचतकर्ताले भने ।

सोमबार सहकारी रहेको वडाकै अध्यक्ष गोपाल महर्जनले एक व्यक्तिलाई चेक दिएका थिए । ती व्यक्तिलाई पारिवारिक शोकमा परेको र उक्त शोकमा हुने खर्चका लागि भन्दै १ लाख रुपैयाँको सहकारीको चेक दिएका थिए । सो चेकसमेत नसाटिएपछि ती पीडितले वडाध्यक्ष महर्जनलाई नै फोन गरेका थिए । त्यसपछि महर्जनले यस्तो अवस्थामा पनि पीडितको पैसा नदिने भन्दै पीडितको पक्षमा सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई फोन गरेर समस्या समाधान गर्न आग्रह गरेपछि मात्रै चेक साटिएको थियो ।

केही दिनअघि सहकारीले भैंसेपाटीमा रहेको केही जग्गा बिक्री गरेर कारोबार सल्टाउने प्रयास गरेको थियो । पछिल्लो समय सहकारीले मर्जरका कारणले भुक्तानी रोकिएको बताउन समेत थालेको छ । सहकारी मर्जरमा जान साधारणसभामार्फत निर्णय गरेर मात्र अगाडि बढ्नुपर्नेमा कार्यकारी निर्देशक भण्डारीले सहकारीलाई आफ्नो निजी संस्था सरह चलाउन थालेको भन्दै उनी माथि थप गुनासो बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,327 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९