‘एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछाैं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने उद्घोष गरेका छन् ।

एमालेद्वारा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला सदरमुकाम खलंगा पुगेका ओलीले नेपालले आफ्नो एक इन्च भूभाग पनि कसैलाई नछोड्ने बताएर भारतीय पक्षलाई सचेत पारेका छन् ।

उनले भारत ठूलो देश भएकाले सानो चित्त गर्न नसुहाउने स्पष्ट पार्दै नेपालको कुनै पनि भूभाग कसैलाई छाड्न नसकिने स्पष्ट पारे । दार्चुलाबाट एमालेको देशव्यापी चुनावी अभियान शुभारम्भ गरेका ओलीले शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई समेत सम्बोधन गरे ।

एमाले अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा नेपालले एक इन्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरे ।

‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इन्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इन्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछांै भनेर हामीले नक्सा जारी गरेका छौं,’ ओलीले भने, ‘संसद्ले सर्वसम्मतका साथ पारित गरेको छ । त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहन्छु,’ ओली प्रधानमन्त्री हुँदा नै भारतद्वारा अतिक्रमण गरिएका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर पहिलो चुच्चे नक्सा जारी गरिएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै अब मिचिएको भू–भाग फिर्ता ल्याउने समय आएको बताए । ‘त्यो अतिक्रमित भूमि फिर्ता लिन अन्य दलको सरकारले सक्दैन त्यसका लागि एमालेकै सरकार चाहिन्छ त्यसैले ४ मंसिरमा एमालेकै सरकार ल्याउनुपर्छ,’ अध्यक्ष ओलीले भने ।

ओलीले सीमाना सारिरहने भारतीय प्रवृत्तिको आलोचना गरे । उनले भारतले नेपाली क्षेत्रमा बाटो बनाएर झमेला गरेको बताए । ओलीले भारतीय पक्षले नदी वरतिर स¥यो भनेर सीमा पनि वरतिर सार्ने काम गरेको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरे । ‘पहिले नदी भएका ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुँदैन हुँदैन । ठूलो भारतले सानो चित्त गर्ने होइन, खोलो उता स¥यो कि सिमाना सारिहाल्ने ? ओलीले प्रश्न गरे । नेपाली जनताले यस्तो कुरालाई थिचोमिचोका रूपमा बुझ्छन् । त्यो कुरा भारतले गर्नुहुँदैन । यो मैले भारतका नेताहरूलाई भनिरहेको छु,’ ओलीले भने ।

भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुंगा लागेर १२ वर्षीय बालकको मृत्यु भएको घटनामा गठबन्धन सरकारले शीघ्र एक्सन नलिएको उनको तर्क छ । बालक मृत्यु भएको घट्नामा आपूmले प्रतिवाद गरेपछि मात्रै सरकार बोलेको भन्दै ओलीले सरकारको आलोचना गरे । ‘यो सरकार राष्ट्रिय स्वतन्त्रता र अखण्डताका ’boutमा बोल्न सक्दैन, त्यसका लागि हामी नै बोल्नुपर्छ,’ ओलीको भनाइ थियो ।

ओलीले विकास, समृद्धि र स्थिरताका लागि एमालेलाई मत दिन आह्वान गर्दै एमालेले गरेको चुनावी गठबन्धन स्वार्थको गठजोड नभएर राष्ट्रिय शक्ति भएको स्पष्ट पारे । उनले दार्चुलाको समस्या आफूले बुझेको बताए ।

एमाले अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन आपूmहरू स्पष्ट योजना र भिजनका साथ अघि बढिरहेको स्पष्ट पारे । उनले यसअघि आफ्नो नेतृत्वमा रहेको सरकारले विकासका महत्वपूर्ण कार्य थालेको र ती अधुरा कार्यहरू पूरा गर्न पनि एमालेकै सरकार आवश्यक पर्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

मुगुमा हाइलक्स जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुई घाइते