सातामा ४७ अंकले बढ्यो सेयर बजार

काठमाडौं । गत सोमबार बजार खोलेदेखि बढेको नेप्से कारण सातामा सेयर बजार सूचक ४७ अंकले वृद्धि भएको छ । लगातार रूपमा ओरालो लागेको सेयर बजार तीन दिन लयमा फर्किंदा बिहीबार भने पुनः नेप्से घटेको थियो ।

सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपियाँबराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपियाँबराबरको सेयर कारोबार भएको थियो । यस्तै, दोस्रो दिन कात्तिक १५ गते १ अर्ब २५ करोड ८७ लाख रुपियाँबराबरको सेयर कारोबार भएको तथ्यांक रहेको छ ।

सोमबार भने ६७ करोड ३६ लाख ३८ हजार रुपियाँको मात्र कारोबार भएको थियो । बुधबार भने ८५ करोड ४५ लाख ७९ हजार रुपियाँबराबरको सेयर कारोबार भएको थियो । गत मंगलबार साताभरिमा सबैभन्दा बढी ५६.१ अंकले नेप्से सूचक वृद्धि भएको थियो । बिहीबार भने १६ अंकले घटेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महेन्द्र महतो निर्वाचित