चीनलाई मास्क सहयोग

काठमाडौं । सरकारले चीनलाई १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । नोबल कोरोना भाइरससँग जुधिरहेको चीनलाई सरकारले सो सहयोग गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीलाई उक्त परिमाणको मास्क हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महŒवपूर्ण भएको बताइन् । उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको समेत बताइन् । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरूलगायत सुरक्षा निकायका प्रमुखसहितको बिहीबार बसेको बैठकले चीनमा नोबल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्यधिक माग भएपछि सरकारले चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
आचारसंहिता विपरीत एमालेकाे चुनाव प्रचार गर्दै हेटाैंडाका मेयर