मोरङ । नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन् । कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले मनोनयन दर्ता गराएका हुन् । उनले निर्वाचन आयुक्त कार्यालय बेलबारी मोरङमा मनोनयन दर्ता गराएका छन् ।
प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’ का प्रदेशसभाका उम्मेदवार थापाको उपचारका क्रममा विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा निधन भएको थियाे ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते निर्वाचनको मनोनयन दर्तापश्चात् स्वास्थ्यमा समस्या देखिएको थियो । थापाको स्वास्थ्यमा निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका काठमाडौँको ह्याम्स अस्पताल लगिएको थियो । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।
तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)






