हाकिमको जागिर छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थापा चुनावी प्रतिस्पर्धामा

महोत्तरी । मंसिर ४ गते हुनलागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका पोषण थापा हाकिमको जागिर छोडेर चुनावी प्रतिस्पर्धामा छन् । थापा यातायात ब्यवस्था कार्यलय बर्दिवासमा लामो समय कार्यलय प्रमुखको रुपमा रहेका थिए ।

जागिरबाट राजिनामा दिएर उन्ले क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । अस्तव्यस्त रहेकाे कार्यलय सुधारमा उनको उल्लेखनिय भुमिका रहेकाे बर्दिवास–८, का संजय घिसिङ बताउछन् । थापाले यस क्षेत्रको अवस्था सुधारकै लागि आफुले उम्मेदवारी दिएको दावी गरे । आफु बिरुद्ध अनेकन दलिय प्रोपोगाण्डा गरिएको भन्दै यसले आफ्नो अभियानमा कुनै फरक नपर्ने उनको दावी छ । थापा चापाकल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिका छन् ।

साधुवाद नेता देशलाई चाहिएको छ भन्दै स्थानियले साधुबाद नेतालाई सहयोग नगरे कसलाई गर्ने भन्दै थापाकाे पक्षमा भाेट मागिरहेका छन् । यस क्षेत्रको सर्वाङिण विकास लागि स्वतन्त्र उम्मेदवार थापा एक मात्र विकल्प भएको महतोले दावी गरे ।

महोत्तरी क्षेत्र नम्बर १ मा आसन्न प्रतिनिधि सभा निर्वाचनमा पनि गत स्थानीय तहको नतिजा दोहोरिने जानकारहरुको कथन छ । केही समय पहिला दर्जन बढि स्वतन्त्र यूवाहरु कांग्रेसमा फर्किएका समाचारहरु विभिन्न संचारमाध्यममा आएको थियो । यसबाट थापाको समिकरणमा असर पर्ने अनुमान गरिएकोमा गोपाल मोक्तान, सुरेश भट्टराई, बिकास राई लगायतले आफुहरु स्वतन्त्र रहेको सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । गौशला–३, का रामभरोसी महतोले स्वतन्त्र उम्मेदवार थापाको पक्षमा पछिल्लो समय माहोल बनेको बताए । जिल्लाका अन्य क्षेत्रमा समेत स्वतन्त्र उम्मेदवारको आकर्षण बढ्दै गएको बर्दिवास–१४, का किरण यादवको तर्क छ । यसले अन्य उम्मेदवार माथि थप चुनौती थपिदै गरेको उनले दावी गरे । थापाको कुशल कार्यशैली यस क्षेत्रका आम जनमानसमा लोकप्रिय रहेको समेत स्थानीयको भनाई छ ।

बर्दिवास नगरपालिकाका सबै १४, गौसाला नगरपालिकाका १२ र भंगाहा नगरपालिका क्षेत्र न. १ मा पर्दछन् । स्थानीय निर्वाचनमा कांग्रेस र जसपाले ७ र ७ माओवादी केन्द्रले ६ र एमाले र लोसपाले ३ वडामा जित हासिल गरेको छ। माओवादीबाट लगातार ४ पटक सम्म जित हासिल गरेका गिरिराज मणि पोख्रेललाइ यो पटक चुनाव जित्न त्यति सजिलो देखिँदैन ।दलहरूले गरेका कार्यशैलीले जनताको मत नयाँ अनुहारतिर आकर्षित भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली