गौर। जनता समाजवादी पार्टीका अध्यक्ष धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा समावेश भएका छन् ।
गत हप्ता मात्र जसपाको साधारण सदस्यता समेत त्यागेका जसपा अध्यक्ष पटेलले आफ्नो समुहका नेताहरुसहित आज मौलापुर नगरपालिका-१, मर्यादपुरमा आयोजित चुनावी सभामा प्रभु साहको हातबाट टीका माला लगाई अभियानमा सामेल भएका छन् । पटेल देवाही गोनाही नगरपालिकाको पूर्वमेयर समेत हुन् ।
कार्यक्रममा बोल्दै पटेलले केपी ओली र उपेन्द्र यादवको अनैतिक राजनीतिका कारण आफू स्वतन्त्र अभियानमा जोडिएको बताए । मधेशीको सवालमा सदैन अनुदार रहेको केपी ओलीसंग गठबन्धन गरेपछि जसपा विचलित भएकोले अब देश र मधेशले नयाँ शिराबाट मात्र निकास पाउन सक्ने भन्दै आफुहरु प्रभु साहको नेतृत्वमा अगाडि बढ्ने निर्णय गरेको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)