सशस्त्रको चुनावकेन्द्रित हटलाइन टेलिफोन सेवा

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आइतबार बाहिनी, गण तथा गुल्म कमान्डहरूलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीको सामना गर्न तयार भएर बस्नसमेत निर्देशन दिएका छन् ।

भर्चुअल माध्यमबाट उनले देशभरका कमान्डलाई एकैसाथ निर्देशन दिएका हुन् । उनले निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर मात्र गर्न निर्देशन दिएका छन् । कुनै पनि कमीकमजोरी भएमा स्वयं युनिट कमान्डर जवाफदेही हुनुपर्ने पनि उनले भनेका छन् ।

कुनै पनि सुरक्षा कमीकमजोरी क्षम्य हुनेछैन : आईजीपी अर्याल

सवारीसाधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४सैं घण्टा क्रियाशील रहन पनि उनले निर्देशन दिएका छन् । निर्देशनका क्रममा महानिरीक्षक अर्यालले भनेका छन्, ‘निर्वाचनका बेला हुने कुनै पनि सुरक्षा कमीकमजोरी क्षम्य हुनेछैन ।’

फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमान्डमा रिपोर्ट गर्नुका साथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्यालाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न पनि उनले विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्यभन्दा सामान्य त्रुटिसमेत आपूmले सुन्न र देख्न नचाहेको बताउँदै महानिरीक्षक अर्यालले बन्दोबस्तीलगायत अन्य भौतिक व्यवस्थापन संगठनले मातहत इकाइसम्म पु¥याइसकेकाले त्यसको उच्चतम र भरपुर प्रयोग गर्नसमेत निर्देशन दिए ।

सो कार्यक्रममा आसन्न निर्वाचन’bout बाहिनीपतिले महानिरीक्षक अर्यालसमक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए ।

महानिरीक्षक अर्यालको निर्देशनअघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले निर्वाचनको समयमा हुन सक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिँदा अपनाउनुपर्ने कार्यशैली’bout मातहत कमान्डरलाई निर्देशन दिएका थिए भने महानिरीक्षक अर्यालसमक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गरेका थिए ।

सशस्त्र प्रहरी बल, नेपालले देशैभरि खटिएका जुनसुकै दर्जाका कमान्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम, केन्द्रीय निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आइतबारबाटै हटलाइन टेलिफोनको समेत व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 525 times, 1 visits today)

epaper

ताजा समाचार

सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढ्यो: प्रदीप पौडेल