चार फिल्म फ्लप भएपछि हिट सिक्वेलमा अक्षय कुमार

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समय राम्रो फिल्म चयन गर्न नसकेका कारण व्यबसायिक असफलता भोग्नु परेको बताएका छन् । अबका दिनमा फिल्म चयन गर्दा बिषयबस्तुलाई महत्व दिने पनि उनले जिकिर गरेका छन् । हुन पनि सन २०२२ साल अक्षय कुमारका लागि दुःस्वप्न जस्तै रह्यो । उनका चार फिल्म थिएटरमा रिलिज भए र चारै वटा सुपरफ्लप भए । दर्शकले आफुलाई पछिल्लो समय अस्वीकार गरेको बताएका छन् ।

अब अक्षय कुमार आफ्नो करियरको मोडमा फर्किएका छन् । अब आफु कमेडी भूमिका उत्रने उनले बताएका छन् । अक्षय कुमारले अब बिगतमा हिट भएका आफ्ना तीनवटा फिल्मको सिक्वेलमा काम गर्ने बताएका छन् । अब आफुले हेराफेरी ३, वेलकम ३ र आवारा पागल दिवाना २मा काम गर्ने उनले बताएका छन् । यी फिल्मका लागि अक्षय कुमारले फिरोज नाडियादवालालाई स्वीकृति दिएका छन् ।

अक्षय कुमारले सुरुमा राजु अवतारको रुपमा हेराफेरी ३ मा काम गर्ने भएका छन् । हेराफेरीमा अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको त्रिकोणात्मक सम्बन्धले दर्शकको जितेको थियो । सन् २००० मा रिलिज भएको हेरा फेरीसँगै अक्षय कुमारको बक्स अफिस भाग्य पनि बदलिएको थियो ।

हेरा फेरी ७.५ करोडको बजेटमा बनेको फिल्म थियो, जसले बक्स अफिसमा कुल १७.५ करोड कमाएको थियो । योसँगै फिल्मले विश्वभर २४ करोड कमाएको थियो । यो फिल्मको सफलता देखेर हेराफेरी २ बनेको थियो र त्यो पनि दर्शकले रुचाएका थिए । हेराफेरी ३ को घोषणा लामो समय भैसकेको थियो । यसअघि यो फिल्म अक्षय कुमार बिनाको घोषणा गरिएको थियो तर अब यो फिल्मको मुख्य भूमिकामा अक्षय कुमार हुनेछन् । अक्षय कुमारको स्वीकृतिपछि हेराफेरी ३ को काम सुरु भएको छ ।

यसपछि अक्षय कुमारको २००२ मा आएको फिल्म आवारा पागल दीवाना पनि त्यत्तिकै हिट भएको थियो । १३ करोडको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा २७ करोड कमाएको थियो । फिल्ममा अक्षय कुमारसँग सुनील शेट्टी, आफताब शिवदासानी मुख्य भूमिकामा थिए भने परेश रावलको पनि उपस्थिति थियो।

वेलकम ३ को कुरा गर्ने हो भने यो फिल्मको दोस्रो पार्टमा पनि अक्षय कुमारले यति ठूलो पारिश्रमिक तिर्न नसकेपछि उनको ठाउँमा जोन अब्राहमलाई लिएको थियो । वेलकम अक्षय कुमारको करियरको पहिलो ब्लकबस्टर थियो । यस फिल्ममा पनि अक्षय कुमार र परेश रावलले सँगै कमेडीको वर्षा गरेका थिए । सन् २००७ मा आएको फिल्मले बक्स अफिसमा १२२ करोड कमाएको थियो । वेलकम २ को कुरा गर्ने हो भने अक्षय कुमारको कमीका कारण यो फिल्मले खासै कमाई गर्न सकेन । अब अक्षय कुमार वेलकम ३ मार्फत यो सिरिजमा फर्कने भएका छन् । यो फिल्ममा पनि उनले सम्झौता गरिसकेका छन् ।

यी तीनवटै फिल्मबाट अक्षय कुमारले पुन आफ्नो करिअरको तयारी गर्दैछन् । यी तीनै फिल्मलाई फिरोज नाडियाडवालाले निर्माण गरेका हुन् र उनका अर्को पार्ट्स पनि उनी निर्माण गर्नेछन् । यद्यपी तीनवटै चलचित्रका निर्देशक फरक फरक हुने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी