राजस्व छलीमा संलग्नविरुद्ध ४५ करोड माग दाबी मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न दुई जनाविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबीसहित उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ ।

विभागले नक्कली बिल जारी गरी राजस्व छलीमा संलग्न सर्लाही ब्रह्मपुरी नगरपालिका–२, सखुबाबा स्थाई घर भई काठमाडौं–१४ कुलेश्वर रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका प्रोपराइटर प्रवीणकुमार महतो र बारा भवानीपुर नगरपालिका–८ युनिक ट्रेडर्स एन्ड इन्टरप्राइजेजका आत्मराम पासवानविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले अंकुश सप्लायर्स एन्ड ट्रेडर्स र युनिक ट्रेडर्स एन्ड इन्टरप्राइजेजका प्रोप्राइटरले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएर सरकारलाई तिर्नुपर्ने कर नतिरी राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरिएको जनाएको छ ।

उनीहरूले मूल्य अभिवृद्धि करतर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपयाँ र आयकरतर्फ १७ करोड २२ लाख २१ हजार ९ सय ९४ सहित कुल बिगो २२ करोड ६३ लाख ८१ हजार २३ राजस्व चुहावट गरेको र सो रकम असुल गरी त्यसमा शतप्रतिशत जरिमानासहित कुल ४५ करोड २७ लाख ६२ हजार असुल गर्न मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

सोमबार मुद्दा दायर गरिएको आरोपीहरूले नक्कली भ्याट बिल जारी गरी राजस्व छली गरेको अनुसन्धानको क्रममा पुष्टि भएको विभागको दाबी छ । यसअघि पनि विभागले विभिन्न बहाना बनाएर राजस्व छल्नेविरुद्ध विभिन्न अदालतमा करोडौं रुपैयाँको मुद्दा दायर गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साकार हुँदै जित्नैपर्ने दबाब