कोरोना भाइरसबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन ६२७ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । इटलीमा हालसम्म कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने पाँच हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

हालसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।

बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

epaper

ताजा समाचार

शव पहिचान केन्द्र भरतपुर बाहिर आफन्त (तस्बीरहरु)