मतदान केन्द्रमा क्यामेरा र मोबाइल भेटिए तत्कालै जफत !


काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल लगायतका निषेधित वस्तु लैजान नपाइने निर्णय गरेको छ ।

यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा कसैले क्यामरा वा मोबाइल बोकेर मतदान कक्षमा गएमा तत्काल क्यामरा वा मोबाइल जफत हुने आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि सुरक्षा निकायलाई जानकारी दिने पनि आयोगको भनाइ छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने आयोगले निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्‍यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध