जुम्लामा निर्वाचन सामाग्री बाकेकाे जीप दुर्घटना, ६ जना घाइते

जुम्ला । जुम्लाकाे तिला गाउँपालिका वडा नम्वर ४ मा निर्वाचन सामाग्री बाेकेकाे जिप दुर्घटनामा परेकाे छ। आज त्रिवेणी बाट भेरिखाेला तर्फ जाँदै गरेकाे भे १ च २१८८ नम्वरकाे बाेलेराे जिप दुर्घनामा पर्दा ६ जना घाइते भएका छन्।

घाइते मध्ये २ जनाकाे अवश्था गम्भीर रहेकाे जिल्ला प्रहरि कार्यालय जुम्लाले जानकारि दिएकाे छ। आज दिउसाे साढे २ बजे आसपास जिप दुर्घटनामा पर्दा ३ जना प्रहरी र ३ जना कर्मचारी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जाेशिले बताएका छन्।

घाइतेकाे कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ। घाइतेको विवरण खुल्न भने बाँकि छ।

तपाइको प्रतिक्रिया
(Visited 1,705 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित