तपाई कस्ता सांसद छान्दै हुनुहुन्छ ?

काठमाडौं । भोलि आइतबार (यही ४ मंसिर)का दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । भोलि आगामी पाँच वर्षका लागि देश र जनताको भाग्य फैसला गर्ने दिन ।

यसै दिन मतदाताका रूपमा रहेका जनताले छनोट गर्ने सांसदको भूमिकाका आधारमा मुलुकको पाँच वर्षे भाग्य रेखा कोरिनेछ । मुलुकको भविष्य कोर्न आउने व्यक्ति जनतामार्फत नै चुनिएर आउनेछन् । त्यसैले पनि लोकतन्त्रमा आममतदाता जनतालाई जनता जनार्दनका रूपमा पुकारिने गरिन्छ ।

गत बिहीबार १ मंसिरको राति १२ बजेदेखि निर्वाचन नहुँदासम्म ४ मंसिरसम्म मौन अवधि (स्थिर समय) लागू छ । अहिले निर्वाचन प्रचारप्रसार कार्य निषेधित छ ।

आममतदातालाई आपूmले भोट हाल्ने व्यक्ति’bout गहन विश्लेषण गर्ने महान् अवसर हो यो स्थिर समय । यो समयमा तपाईंको घरदैलो शान्त छ, चुनाव प्रचारको हल्लाखल्ला लिएर कोही पनि आएका छैनन । त्यसैले यही शान्त समयमा तपाईंले ठण्डा दिमागले सोचेर आफ्नो प्रतिनिधिलाई भोट हाल्ने फैसला गर्नुपर्नेछ ।

आगामी पाँच वर्षमा नयाँ जनप्रतिनिधिले अख्तियार गर्ने विकास योजना, नीति, कार्यक्रम र सुशासनको अभियानले मात्रै मुलुकको सुदूर भविष्यसमेत प्रभाव पार्न सक्छ । त्यसैले भोट हालेर सांसद छनोट गर्नुअघि आममतदाताले आपूmले छान्ने सांसद कस्ता हुनुपर्छ, उनीहरू के कति गुणले सम्पन्न हुनुपर्छ भन्ने’bout गहिरो हेक्का राख्न जरुरी छ । खराब व्यक्ति छनोट गरिएमा आगामी पाँच वर्ष देश र जनताले भयंकर दुख कष्ट भोग्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तो दुःखद अवस्था आउन नदिन आमसर्वसाधारण मतदाता निकै संवेदनशील र चनाखो हुन जरुरी देखिन्छ । सांसद छनोट गर्नुअघि उनीहरूले आफ्नो गाउँठाउँको विकास तथा समग्र मुलुकको हितमा इमानदारितापूर्वक काम गर्न सक्छन् कि सक्दैन भन्ने’bout पनि निक्र्योल गर्नु अत्यावश्यक छ ।

तपाईंले भोट हाल्नुअघि तपाईंले भोट दिएर बन्ने सांसद तपाईंको क्षेत्रमा उम्मेदवार भएकामध्ये सर्वोत्तम हुन कि होइनन् ? उनमा बहुदलीय व्यवस्थामार्फत समाजवादमा पुग्ने स्पष्ट दृष्टिकोण छ कि छैन ? तपाईंको गाउँटोलमा रहेर समाजसेवामा कतिको खटिएका छन् ? तपाईंको जिल्ला र ठाउँको विकास एवं समृद्धिका लागि हिजोका दिनमा के कस्ता योगदान गरे ? समष्टिगत राष्ट्रिय हित केन्द्रबिन्दुमा राख्न सक्छन् कि सक्दैनन् ? यी र यस्तै गुणका आधारमा तपाईंले व्यक्ति छनोट गरी भोट हाल्नुपर्नेबेला आएको छ ।

यसैगरी तपार्इंको क्षेत्रमा उठेका र तपाईंले मतदान गर्न लागेका व्यक्ति राजनीतिमा वर्ग उत्थान भई सम्भ्रान्त वर्गीय समूहमा रूपान्तरण भएका छन् कि छैनन् ? सधैं जनताकै निकट रही काम गरिरहेका छन् कि छैनन् ? उच्चस्तरको नैतिकता र आचरण छ कि छैन ? भ्रष्टाचारको जालो बुझेर तोड्न सक्ने, माफियालाई तिरस्कार गर्न सक्ने खुबी छ कि छैन ? मतदान गर्नुअघि यी र यस्ता गुण’bout गम्भीर भएर विश्लेषण गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

यस्तै, तपाईंले सांसद बनाउने व्यक्ति समग्र कानुनका विभिन्न पक्ष’bout जानकारी राख्न सक्ने, राज्य कोषमा गिद्देदृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने, निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने, तडकभडक नअपनाई सादा जीवनशैली अपनाउने, जनप्रिय कार्यक्रम ल्याउन सधैं दत्तचित्त भएर लाग्ने, पाप, धर्म र कर्म राम्ररी छुट्याउन सक्ने, जनताको काममा २४सैं घण्टा खट्न सक्ने, राष्ट्रिय स्वाभिमान उच्चो राख्न सक्ने गुणले युक्त भएको व्यक्तिलाई सांसद छनोट गर्नुपर्ने आवश्यकता टड्कारो छ ।

कृपया परीक्षण गर्नुहोला । राजनीतिमा यी ३२सै गुण भएका व्यक्ति पाउन कठिन छ यद्यपि यीमध्ये कम्तीमा पनि १० देखि १२ गुण भएका व्यक्तिलाई सांसद छान्न सकिएमा मुलुकका लागि सकारात्मक परिणाम आउन सक्ने विश्वास गर्न सकिन्छ ।

तपाईंले छनोट गर्ने आजका सांसद भोलिका देशका प्रधानमन्त्री तथा मन्त्री हुन् । त्यति मात्रै नभएर मुलुकका लागि आवश्यक पर्ने कानुन बनाउने विधायिका सदस्य पनि हुन् । कार्यपालिका र विधायिकाको हातमा नै मुलुकको भविष्य जोडिएको हुन्छ । यी दुई पक्षले चाहेको खण्डमा मुलुकले विकासमा अग्रगामी छलाङ मार्न सक्छ, समृद्धिको बहार आउन सक्छ । जनता सुखी र सम्पन्न हुन सक्छन् । कार्यपालिकामा रहने र विधायिकामा रहने यी दुवै पक्षलाई जिताएर पठाउने काम जनताको हो । त्यसैले जनताजनार्दन भनिएको हो ।

सांसद छान्दा आवश्यक पर्ने ३२ गुण
(यी ३२ मध्ये कम्तीमा १० देखि १२ गुण हुनै पर्नेगरी छनोट गर्न हामी आग्रह गर्दछौं )

१. योग्यमध्ये असल र उत्कृष्ट क्षमताका विकासको स्पष्ट ‘भिजन’ दिन सक्ने
२. पार्टी कमिटीमा इमानदारीतापूर्वक योगदान पु¥याएको
३. बहुदलीय व्यवस्थामार्फत समाजवादमा पुग्ने स्पष्ट दृष्टिकोण भएको
४.तपाईंकै गाउँघरमा रहेर समाजसेवामा निरन्तर कार्य गरेको
५. व्यापारिक हित समूह वा स्वार्थ समूहसँग साँठगाँठ नभएको
६. समष्टिगत राष्ट्रिय हित केन्द्रबिन्दुमा राख्न सक्ने
७. विगतमा विभिन्न पदमा रहँदा स्वच्छ छविको भनेर चिनिएको
८. राजनीतिमा वर्ग उत्थान भई सम्भ्रान्त वर्गीय समूहमा रूपान्तरण नभएको
९. सधैं जनताकै निकट रही काम गरिरहेको
१०. निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको
११. उच्चस्तरको नैतिकता र आचरणमा रहेको
१२ सम्पति विवरण वर्षैपिच्छे सार्वजनिक गर्न सक्ने हिम्मतिला ÷अहिले पनि सकेसम्म सम्पति विवरण सार्वजनिक गरेको
१३. समग्र कानुनका विभिन्न पक्ष’bout जानकारी राख्न सक्ने
१४. राजनीति–प्रशासन सीमा र अन्तरसम्बध बुझेको
१५. राज्य कोषमा गिद्देदृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने
१६. तडकभडक नअपनाई सादा जीवनशैली अपनाउने
१७. जितेर गएपछि जिल्ला फर्कंदा होटलका चोटाकोठा नखोज्ने, कार्यकर्ताकै घरमा बस्न सक्ने
१८. संसद् बैठकमा समसामयिक विषयमा स्पष्ट र वस्तुगत किसिमले प्रस्तुति दिन सक्ने
१९. भ्रष्टाचारको जालो बुझेर तोड्न सक्ने, माफियालाई तिरस्कार गर्न सक्ने
२०. संसदीय काम कारबाहीमा कम्पन ल्याउन सक्ने
२१. जोखिम र चुनौती सहजै मोल्न सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सधैं दत्तचित्त भएर लाग्ने
२२. काममा लचिलो, सरल व्यवहार र नतिजामा प्रतिबद्ध
२३ . जनताको काममा २४सैं घण्टा खट्न सक्ने (रेडी टु वर्क)
२४. भ्रष्टाचारमा शून्य सहनशीलता नीति मनैदेखि आत्मसात् गर्न सक्ने
२५. पाप, धर्म र कर्म राम्ररी छुट्याउन सक्ने
२६. गफ (च्याटरबक्स)भन्दा काममा बढी ध्यान दिने
२७. टुरिस्टभन्दा आफ्नै गाउँठाउँको
२८. झुटको खेती नगर्ने
२९. राष्ट्रिय स्वाभिमान उच्चो राख्न सक्ने
३०. देशको सार्वभौमिकताका विषयमा कसैसँग कुनै सम्झौत नगर्ने
३१. कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अन्तरसम्बन्ध’bout थाहा पाएको
३२. गाउँ, ठाउँ, देश र परिवेश बुझेको

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको रामनगरमा आफ्नै काकालाई पराजित गर्दै अध्यक्ष जिते २२ वर्षे युवाले