बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, मतदान स्थगित

बाजुरा । बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ।

जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम