पर्साको एउटा मतदानस्थलमा मतदान सकियो

वीरगन्ज । पर्साको एउटा मतदानस्थलमा निर्वाचन सम्पन्न भएको छ । कुल ३७ मतदाता रहेको पर्साको वीरगन्जस्थित कारागार मतदानस्थलमा निर्वाचन सकिएको हो ।

वीरगन्ज कारागारका कैदीबन्दीहरुलाई लक्षित गरी यसैबर्षबाट अस्थायी मतदानस्थल थपिएको यो मतदानस्थलमा मतदान सकिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले बताए ।

कुल ३७ मतदाता रहेको यो मतदान केन्द्रमा एक जना मतदाता वीरगन्ज कारागरबाट पहिले नै छुटेर गइसकेपछि ३६ जनाले मात्र मतदान गरेको त्यहाँ खटेका अतदान अधिकृत सुमित कुमार सिंहले बताए ।

मतदान गर्ने मतदाताहरुमा पर्साका २४, बाराका १०, काठमाण्डौका १ र सर्लाहीका १ गरी ३६ जना रहेको उनको भनाइ छ । ‘यी सबै मतदाना वीरगन्ज कारागारका कैदीबन्दी नै हुन् ।’ उनले भने ।

वीरगन्ज कारागारमा अहिले १ हजार ४ सय ६६ कैदीबन्दी छन् । तर उनीहरु मध्ये प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मतदान गर्न पाउने प्रावधान अनुसार उक्त संख्याका कैदीबन्दीहरुले मात्र मतदान गर्न वीरगन्ज कारगारका सूचना अधिकारी नवराज बर्तौलाले बताए ।

सबै कैदीबन्दीहरुको मतदाता नामावलीमा नाम नरहेको र बाहिरी जिल्लाका पनि भएको कारणले कारागारका सबै कैदीबन्दीहरुले मतदान गर्न नपाएको खुलेको छ । मतदान गर्ने मतदाताहरु मध्ये सबैले मतदान गरिसके पनि मतपेटिका शिल चाही बेलुका पाँच बजेपछि मात्र हुने पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित