प्रभु साहले मौलापुरबाट मतदान गरे

मौलापुर, रौतहट । प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रभु साहले मतदान गरेका छन् । रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री साहले आफ्नो अमुल्य मतको सदुपयोग गर्नका लागि मतदान गर्न सबैमा अपिल गरेका छन् ।

साहले आफ्नो जन्मथलो रौतहटको मौलापुर स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी कल (चापाकल) चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । ऐतिहासिक प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा मतदानका लागि उनले सबैमा अपिल गरेका छन् ।

साहले मतदान गरेपछि भने, ‘आफ्नो अमुल्य मतको सदुपयोग गरी क्षेत्रसहित देशलाई सही मार्गदर्शन गर्नका लागि अनिवार्य रुपमा मतदानमा सामेल हुन सम्पूर्ण मतदाता समक्ष हार्दिक अपिल समेत गर्दछु ।’

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित