राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो

काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरे । केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी हुनुभएको हो । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ ।

प्रतिनिधिसभाको गणना जारी

प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ को मतगणना जारी छ । अपराह्न ३ बजेसम्म २५ हजार चार सय ४६ मतगना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम सात हजार एक सय ८७ मतका साथ अग्रस्थानमा छिन् । नेकपा (एमाले)का उम्मेदवार मणिराम फँुयाल पाँच हजार चार सय ९० मत ल्याएर दोस्रो स्थानमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा छिन् । माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार नौ सय २९ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए । कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो । सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो