नेता, नेतृत्व र नयाँपनको खोजी

नेपाली समाजले परिवर्तन त चाहेको छ । तर, परिवर्तन कसरी सम्भव छ भन्ने गाँठी शुत्र पत्ता लगाउन नसकेको अवस्था छ । प्रजातन्त्रको पुनस्थापना २०४६ सालपछाडि राजनीतिक क्षेत्रमा धेरै परिवर्तनहरू आए । नेपाली कांग्रेस र एमाले देशमा सुशासन दिन नसकेको भनी २०५२ सालमा माओवादीको जन्म भयो । यो माओवादी दलले १० वर्ष समाजमा हत्या र हिंसाको राजनीति ग¥यो । नेता, नेतृत्व र नयाँपनको खोजीकै लागि नेपाली समाजले विद्रोही दललाई साथ दियो । १० वर्षसम्म जारी रहेको माओवादी युद्धले धनजनको ठूलो क्षति भयो । शान्ति प्रक्रियामा आएपछि नेपाली जनताको नयाँ नेता र नेतृत्वको खोजीगर्नेक्रममा माओवादीलाई जिताए । यो दलले नेतृत्व लियो । पटक पटक सरकारमा गयो । तर, यसका नेतागण र नेतृत्वका कारण देशमा सुशासन र विकासको गति अगाडि बढ्न सकेन । बरू झन् बढी भद्रगोल हुँदै गयो ।

संविधान सभाबाट नेपालको संविधान २०७२ बनिसके पछि २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताको रोजाइ र नेतृत्वको खोजाई कम्युनिस्टलाई भयो । कम्युनिस्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । २०७४ देखि २०७९ सम्मको अवधिमा जनताले दलबाट निराशा सिवाय केही पाएनन् । जनहितमा काम हुन सकेन । युवाहरू देशमा बस्न सकेनन् । देशमा भएका नेता र नेतृत्वप्रतिको वितृष्णा चुलिएर गयो । त्यसैले स्थानीय तहको निर्वाचनमा बालेन र हर्कहरूको उदय भयो । उनीहरूको उदयले राजनीतिमा नयाँ पुस्ता हौसायो । यसको असर अहिलेको चुनावमा पनि प-यो ।

देश विकास र विसंगतिको अन्त्येष्टि गर्ने नै हो भने नेपालमा दुई वा तीन राजनीतिक दल भए प्रर्याप्त हुन्छ

ओली सरकारलाई ध्वस्त पारेर राजनीतिक विसंगतिउपज बनेको देउवा सरकारले न त सुशासन दिन सक्यो । न त दूरदर्शी नै बन्न सक्यो । यो नेतृत्वको जबरर्जस्त एमसीसी, एसपीए, नागरिकता विधेयकलगायतका विषयले समाजलाई अत्यन्त दुःखी बनायो । समाजमा तमाम विकृति व्याप्त भए । फलत ः समाजलाइ समस्याहरू बाँड्न सिपालु पत्रकार रवि लामिछानेले ५ महिनाअगाडि स्वतन्त्र दल दर्ता गरे । र निर्वाचनमा भाग लिए । राजनीतिक दलबाट वाक्कदिक्क भएका नागरिकले फेरि नयाँ नेता, नेतृत्व र नयाँपनको आकांक्षास्वरूप मतदान गरे । यस निर्वाचनमार्फत केही नयाँ उम्मेदवार संसदमा प्रवेश गरेका छन् । यो मतवर्षा पनि समाजको नयाँ राजनीतिक नेतृत्वको खोजी नै हो ।

नेपाली समाजको एउटा अनौंठो राजनीतिक चरित्र छ । पट्यारलाग्दो राजनीतिक अभ्यास, भ्रष्टाचार, बेथिति र विसंगतिले थलिएको नेपाली समाजमा यस्तो अवस्थाविरुद्धमा नागरिक एकजुट भएको देखिँदैन । बरू परिवर्तनको नाममा नयाँ दल, नयाँ नेतृत्व र नयाँपनको अभ्यासमा देशलाई प्रयोगशाला बनाउने काम भइरहेको छ । अहिले राजनीतिमा दलका ५ महिने नेताले नेतृत्व पाएका छन् । निर्वाचनमा स्वतन्त्र पार्टीको अनुभवी, समाजसेवी वा योग्य व्यक्तिभन्दा पनि घण्टी चुनावी ब्रान्ड बनेको देखिन्छ । उल्लेखित नयाँ राजनीतिको उदयका पछाडि हालसम्म कुनै राजनीतिक दर्शन, सिद्धान्त वा रणनिति नभएको जानकारहरू बताउँछन् । यो दल क्यापिटलिस्ट, कम्युनिस्ट वा कन्जरभेटिभ के हो ? राजावादी, गणतन्त्रवादी वा अन्य कुनै वादी छ भने त्यो के हो ? नीति तथा सिद्धान्तबिनाको राजनीति दल कुनै पनि मुलकमा भएको पाइँदैन । यो पनि राजनीतिक बजारमा अनौठो वाद हो कि ?

नेपाली राजनीतिमा नयाँ दल आउने र विलय हुनेक्रम धेरै पुरानो भइसकेको छ । अहिलेसम्म नेपाली समाजले खोजेको नयाँपन, राजनेता र दर्बिलो नेतृत्व पाउन सकेको छैन । पराना राजनीतिक सिद्धान्तमा विमति होइन, केवल दलका असक्षम नेताप्रति कटाक्ष हो । तीन दशकदेखि राजनीतिमा रहेका तर देशको विकास र सुशासन दिन नसकेको नेतृत्व नै अहिलेको निर्वाचनमा पनि मतदान गरेर जिताउने नेपाली समाजले कस्तो नयाँपनको अपेक्षा गरेको हो ? कस्तो देश बनाउन चाहेको हो ? एकातिर लोकतान्त्रिक मुलुकमा एउटै असफल व्यक्तिलाई पटक पटक नेतृत्वमा पठाउने काम भएको छ भने अर्कोतिर अनुभवी तथा सक्षम नेतालाई हराउने काम पनि भएको छ । योग्यहरू हराउने र असक्षमलाई जिताउने मतदाता नै विकास र सुशासनका बाधक हुन् ।

नेपाली समाजले सक्षम नेतृत्वको चाहना राखेको पाइन्छ किन्तु मतदान गर्दा तीन दशकमा तीनवटा सम्झन लायक काम गर्न नसक्नेलाई विजयको माला लगाइदिएको छ । यसरी, हेर्दा आमनागरिकभन्दा पनि पढेलेखेको सचेत वर्गले मात्र नयाँपनको खोजी गरिरहेको देखिन्छ । त्यसो त दशकांैदेखि भ्रष्टाचारमा मुछिएका केही संख्याका नेताहरू अहिलेको निर्वाचनमा बढारिएका छन् । यो सकारात्मक पक्ष हो । तर, पनि प्रजातन्त्रको अभ्यासलाई अहिलेको अवस्थामा पु¥याउने असफल नाइकेहरू फेरि पनि निर्वाचित भएका छन् । यसरी, हेर्दा नेपाली समाजमा लोकतन्त्रको अभ्यास गर्ने चेतना कमजोर भएको देखिन्छ ।

पट्यारलाग्दो राजनीतिक अभ्यास, भ्रष्टाचार, बेथिति र विसंगतिले थलिएको नेपाली समाजमा यस्तो अवस्थाविरुद्ध नागरिक एकजुट भएको देखिँदैन

जबसम्म विकासमुखी राजनीति हुँदैन, तबसम्म नयाँ नेता र नेतृत्वको खोजी भइरहे तापनि देशले सुशासन पाउन सक्दैन । विकासभन्दा नेतामुखी कार्यकर्ता र तालिमा रमाउने नेतृत्वको राजनीतिक लीला नेपाली समाजले लामो समयसम्म हेर्दै र भोग्दै आइरहेको छ । राजनीतिमा चर्का भाषण गर्नु, विज्ञापन, मिडियाको उपयोग गरी मत कुम्ल्याउनु नै राजनीति चरित्र भएको छ । राजनीतिमा शैक्षिक चेतनाको स्तर कमजोर भएको हाम्रो जस्तो मुलुकमा स्याल हुइँयाले पनि काम गरेको देखिन्छ । यस्तो अभ्यासले धेरै नेता जन्माउने तर देशका लागि काम गर्न सक्षम नेतृत्वको अभाव खड्की रहनेछ ।

२०७४ मा भएको आमनिर्वाचनपश्चात् समृद्घ नेपाल सुखी नेपालीको थेगोलाई भजाएर राजनीति गरेको केपी ओली नेतृत्वप्रतिको ठूलो आशा र भरोशा भूकम्पले धरहरा ढले झैं भएपछि नेपालको राजनीति र समाज बुझेकाले राजनीतिक गफ र भाषण वा घोषणापत्रमा विश्वास गर्न छाडेका छन् । अहिलेको आमनिर्वाचनमा पनि मतदाताले गरिब नेपाल र दुःखी नेपालीमाथि रजाइँ गर्ने राजनीतिक नेतृत्वलाई विस्थापन गर्न नसकेको देखियो । राजनीतिक संस्कार र अनुभव भएका योग्य पात्रको चयन गर्नुपर्नेमा नयाँ राजनीतिक नेतृत्वको खाजाइले केही राजनीतिक कर्मीहरू संसदमा प्रवेश गरेका छन् । विकासको आकांक्षा हुँदाहुँदै पनि विकासको प्रस्ट खाका र शासकीय कौशलताको अभाव भएमा विकास निर्माण र सुशासन शब्दमा मात्र सीमित हुन्छ । राजनीतिमा यस्तै भइरहेको छ ।

सचेत नागरिकले राजनीतिक दललाई विश्वास गर्न सकेको अवस्था छैन । राजनीतिलाई उपयोग गर्ने, अयोग्य नै भए पनि परिवार एवं आफन्तजनलाई अवसर दिने, धन आर्जन गर्ने जस्ता कुराहरू हुँदै आएका छन् । अहिलेको निर्वाचनले जन्म दिएका दलले के गर्ने हुन् ? हेर्न बाँकी छ । प्रजातन्त्रको पुनस्र्थापना पछाडि धेरै नयाँ राजनीतिक दलको उदय र अस्त भएको छ । दल नेपाली जनताका लागि जुन जोगी आए पनि कानै चिरेका जस्ता भएका छन् । अहिलेका दलहरू पनि कुनै राजनीतिक सिद्धान्त र समाजसेवाको आधारभन्दा पनि राजनीतिक कुसंस्कारले सिर्जना गरेको उपजका रूपमा देखिएका हुन् भन्नेहरू छन् ।

देश विकास र विसंगतिको अन्त्येष्टि गर्ने नै हो भने नेपालमा दुई वा तीन राजनीतिक दल भए प्रर्याप्त हुन्छ । एकै क्षेत्रमा धेरै राजनीतिक दलका उम्मेदवार निर्वाचनमा होमिँदा काठमाडांै क्षेत्र नं १ को जस्तो सबैको भागमा मतदाता बाँडिन्छ । सक्षमहरू पाखा लाग्ने सम्भावना हुन्छ । देशमा धेरै राजनीतिक दल हुनु भनेको समाजलाई बाँड्नु र भाँड्नु हो । जति भाँडो त्यति चुबर्को भनेभंmैं सरकार बनाउने भत्काउने, साँठ गाठ गर्ने आदि इत्यादि अभ्यासहरू हुँदै जान्छन् । सरकार बनाउने र भत्काउने सकुनीहरूको बिगबिगी हुन्छ । यसर्थ, नेपाली समाजको राजनीतिक चेतना स्याल हुइँयामा होइन, यथार्थमा आधारित हुन आवश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा