काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले मंसिर १५ र १६ गते कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश अधिवेशन गर्ने भएको छ ।
काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले शनिबार जारी गरेको विज्ञप्तिअनुसार अधिवेशन धनगढीस्थित सौराइ स्क्वायरमा हुनेछ ।
विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन सम्पन्न भएको उल्लेख छ ।
देउवा समूहले केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने जनाएको छ । समूहले त्यसका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)
सम्बन्धित समाचार
निरन्तर छलफलमा रास्वपा सभापति रवि लामिछाने
धनगढीको ‘गौशाला मोडल’ : छाडा चौपाया व्यवस्थापनसँगै दूध र मल बिक्रीबाट आम्दानी
फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण
निर्वाचित कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा कांग्रेस
कुनै कार्डमा बिश्वास राख्दैन बालेन सरकार
मन्त्रिपरिषद् बैठक बस्दै
पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाउने प्रयासको सशक्त प्रतिवाद गर्ने कांग्रेसको निर्णय
छठको तयारीमा जनकपुरधाम, प्रधानमन्त्री बालेन पनि आउने






