स्याङ्जा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्‍मा अर्याललाई ६ सय ५४ मतले पछि पारेका हुन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कंग्रेस उम्मेदवार गुरुङले ३ हजार ९ सय एक मत तथा एमालेका अर्यालले ३ हजार २ सय ४७ मत प्राप्त गरेका छन् । स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो ।

विगत १० दिनदेखि रोकिएको स्याङ्जा क्षेत्र नं २ को मतगणना हिजोदेखि सुरु भएको हो । निर्वाचन आयोगले मतगणना गर्न दिएको निर्देशनअनुसार मतगणना सुरु भएको हो । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन ।

चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै