सलमान चुपचाप नयाँ फिल्मको छायांकनमा

मुम्बई । पछिल्लो समय रिलिज भएको आफ्नो फिल्म राधेको व्यापारबाट त्यति धेरै खुसी नभएका बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को छायांकनमा छन् । यो फिल्मको उनी चुपचाप छायांकन गरिरहेको छन् । उनी यति बेला हल्लाभन्दा काम गर्नमा व्यस्त छन् ।

यो फिल्मको छायांकन अन्तिम चरणमा छ । आफ्नो बिगतको कमी सुधार्दै केही फरक शैलीमा निर्माण भइरहेको यो फिल्म अब सन् २०२३ मा रिलिज गर्ने उनको कथन छ ।

सलमान खानले यस फिल्मबाट आफ्ना फ्यानलाई विशेष उपहार दिन लागेको बताएका छन् । यो फिल्मको छायाकन सकेर प्रचारप्रचारका लागि फिल्मको घोषणा गरिने भएको छ ।

यस फिल्ममा सलमान खानको नायिकामा पूजा हेगडे छिन् । सलमानसँग पूजा पहिलोपटक पर्दामा प्रस्तुत हुँदै छिन् । यस फिल्ममा सलमान र पूजासँगै सहनाज गिल र सिद्धार्थ निगम पनि छन् ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता