२० औं किम्फमा ३० देशका ६० भन्दा बढी फिल्म

काठमाडौं । अन्तराष्ट्रिय पर्वतीय दिवसको अबसरमा यही बिहिबारबाट ५ दिनसम्म काठमाडौंमा २० औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ–२०२२) आयोजना हुने भएको छ ।

२२ देखि २६ मंसिरसम्म यो महोत्सब काठमाडौंको राष्ट्रिय सभागृह (सिटी हल) र नेपाल पर्यटन बोर्डमा आयोजना हुने आयोजक हिमाल एशोसियसनले जनाएको छ । ‘सस्टेनेबल सम्मिट्स’ भन्ने नाराका साथ महोत्सब गर्न लागिएको पनि आयोजक पक्षले जनाएको छ ।

यसपटक महोत्सवमा ३० मुलुकका ६० भन्दा बढी फिल्म चयन भएको आयोजक संस्थाका अध्यक्ष बसन्त थापाले बताएका छन् । महोत्सबमा यस पटक भारतीय निर्देशक प्रकाश झाले आफ्नो मास्टर क्लास दिने छन् । महोत्सबमा उनी मुख्य वक्ता रहने पनि आयोजक पक्षले जनाएको छ ।

अघिल्लो दुई वर्ष अनलाईन मार्फत भर्चुअल रुपमा आयोजना भएको किम्फ यसपटक भने कोरोनको महामारी नभएका कारण प्रत्यक्ष हुने भएको छ । सन् २००० देखि सुरू भएको किम्फ महोत्सवमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् । महोत्सव यसपटक बृत्तचित्र, चलचित्र, छोटा चलचित्र, एनिमेसन चलचित्र, प्रयोगात्मक चलचित्र, कार्टन चलचित्रहरु प्रदर्शन गरिने छ ।

महोत्सबको उद्घाटनमा ‘बाघको बंगारा’ बृत्तचित्र चलचित्र प्रदर्शन गरिने भएको छ । हेर्ने कथा शृंखला अन्तर्गत यो फिल्म किम्फ २०२२ को उद्घाटनमा देखाउन लागिएको आयोजक पक्षको कथन छ । जाजरकोट जिल्ला, कर्णाली प्रदेशमा भिरमा झुन्डिँदै निकै कष्ट रुपमा मह काढ्नेहरुको साहसिक कथालाई यो चलचित्रमा उतारिएको छ ।

महोत्सवको समापनमा ‘फ्लाई फ्रम एभरेष्ट’ बृत्तचित्र प्रदर्शन गरिने भएको छ । पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासलाई यो बृत्तचित्रमा उतारिएको छ । यो पनि निकै साहसिक र सँघर्षको कथामा बनेको छ ।

महोत्सबमा उत्कृष्ट हुनेले पुरस्कार पनि पाउने छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तर्फ तर्फ प्रथम हुनेले २ लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ र तेस्रो हुने फिल्मले एक लाख रुपैयाँ पुरस्कार र अवार्ड प्राप्त गर्ने छन् । यसै गरी नेपाली पानोरामा अन्तर्गत कथानक र बृत्तचित्र विधामा उत्कृष्ट फिल्मलाई क्रमशः एक लाख र पचहत्तर रुपैयाँ पुरस्कार र ट्रफी प्रदान गरिने भएको छ ।

किम्फ २०२२ को निर्णायकहरुमा जर्मनका लेखक–निर्देशक–निर्माता माइकल पज, नेपाली एनिमेसन फिल्म निर्देशक÷निर्माता किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका छन् ।

महोत्सबमा इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर हाँसिल गर्ने छन् । महोत्सवमा दर्शकको अत्यधिक मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’सँगै ५० हजार रुपैयाँ जित्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 610 times, 1 visits today)

epaper

ताजा समाचार

आईजीपी कार्की हटाइए, नयाँ आईजीपीमा डा. मनोज केसी नियुक्त