छिमेकी देश भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरी निर्माण गरेको पक्की संरचनाले नेपाली भूभाग कटान गरेर हरक्षण नेपालीलाई दुःख दिने काम थाल्दा पनि नेपाल सरकारले त्यसको सशक्त प्रतिरोध गर्नुको साटो निरीहता देखाएको छ जुन सारा नेपालीका लागि लज्जाको विषय हो ।
महाकाली नदी आफंैमा नेपाल भारतको सीमा भएकाले यो नदीको ओल्लो र पल्लो किनार सीमाको दशगजा क्षेत्रमा पर्दछ । अन्तर्राष्ट्रिय सीमारेखा र यसको रक्षाका लागि दशगजाको अवधारणा प्रयोगमा ल्याइएको हो । यो मापदण्ड हाल अन्तर्राष्ट्रियस्तरमा जहाँ पनि कार्यान्वयनमा छ । तर, नेपाल–भारतको सीमा इलाकामा भने छिमेकी देश भारतले यो मान्यता र मापदण्डको उल्लंघन गर्दै मिचाहा बनेर नेपालको भूमिमाथि अतिक्रमण गर्दै आइरहेको छ । यसमा भारतीय शासक वा सरकारको दोष त छँदै छ, त्योभन्दा बढी नेपाल सरकारको लाजमर्दो निरीहताले काम गरिरहेको छ । भारतका तर्फबाट एकलौटी निर्माण भइरहेको पक्की संरचनाका कारण नदीको बहाव नेपाली भूभागतिर ढल्किएर दार्चुलाको सदरमुकाम खलंगा बजारको इलाका दैनिक कटान भइरहेको छ । निर्माण कार्य जारी छ, तर, नेपाल सरकारले यस’bout सशक्त विरोध र प्रतिरोध गर्न सकेको छैन । देशभित्र चौतर्फी विरोध भएपछि ढिलो गरी कूटनीतिक नोट पठाएको छ ।
पीडित स्थानीय जनता दैनिक तटबन्ध निर्माण गरिरहेका भारतीयसँग झगडा र भनाभन गरिरहन्छन् । नदीको धार परिवर्तन हुनेगरी तटबन्ध निर्माण गर्न थालेदेखि हालसम्मको एक वर्षको अवधिमा तीन तीनपटक सामूहिक रूपमा ढुंगा हानाहान भइसकेको छ । बहाव परिवर्तन हुँदै गइरहेको नदीको कटानका कारण सदरमुकाम खलंगा जोखिममा पर्दै गइरहेको छ । भारतीय पक्षबाट ढुंगा प्रहार भएपछि नेपालीले पनि जवाफस्वरूप ढुंगा हान्दै आएका छन् । पछिल्लो समयमा भारतीयले निहुँ खोज्ने हानेको ढुंगाबाट बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए । भारतीय अतिक्रमण त छँदै छ, त्यसमाथि ढुंगा हानेर उनीहरूले गर्ने गरेको ज्यादतीका कारण नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुलनाकामा तालाबन्दीसमेत गर्नुपरेको छ । तर, नेपाल सरकार यसबार बेखबर छ । जन्मका हिसाबले वर्तमान प्रधानमन्त्री स्वयं सुदूरपश्चिमका हुन् । देशको सार्वभौकिमकताको रक्षा’bout कानमा तेल हालेर सुत्नु उनको दिनचर्या हुन गएको छ । उनको नेतृत्वमा रहेको सरकार अजीर्ण भएर लमतन्न सुतिरहेको छ ।
स्थानीय निकायले दर्जनांैपटक आप्mना भारतीय समकक्षीसँग यसबार कुराकानी गर्ने, सहमति गर्ने र कार्यान्वयनका लागि पहल गर्ने गरिरहे पनि भरतका तर्फबाट पक्की संरचना निर्माण कार्य रोकिनुको सट्टा रातारात अघि बढिरहेको छ । यता स्थानीय भने कुनै पनि समयमा भारतीयका तर्फबाट कुनै पनि बेला नसोचेको घटना घट्न सक्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । यो कार्य अन्तर्राष्ट्रिय सीमा रक्षा र मापदण्डविपरीत छ । नेपालले संयुक्त राष्ट्रसंघमा यस’bout कुरा उठाउने र मुद्दा दायर गर्न सक्छ । तर, निरीह सरकार यसका लागि कुनै पनि मानेमा तयार देखिएको छैन । यो लाज लाग्ने हदसम्मको निरीहता स्वाभिमान नेपालीका लागि सह्य छैन र हुन पनि सक्दैन ।