ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन


काठमाडौं । ज्यान सुरक्षा गरी पाऊँ भन्दै अधिकारकर्मी जस्मिन ओझाले राष्ट्रिय महिला आयोगमा निवेदन दिएकी छन् । हिंसापीडित विनु यादवको पक्षमा वकालत गरेको भन्दै पीडक पक्षले निरन्तर ज्यान मार्ने धम्की दिएपछि ओझाले आयोगमा मंगलबार निवेदन दिएकी हुन् ।

उनले आफूले विभिन्न हिंसापीडितहरूलाई सहयोग गर्दै आएको तर पीडक पक्षले डर धम्की दिँदै आएको उनले निवेदनमा उल्लेख गरेकी छन् ।आफूलाई सुनसान गल्लीमा ढुंगा हानी शारीरिक हमला भएकाले जीउज्यानको रक्षा गरिपाऊँ भन्दै निवेदन दिएको ओझाले जनाएकी छन् ।

बलात्कार पीडित युवती, किशोरी तथा महिला हिंसामा परेकाको पक्षमा ओझाले न्यायका लागि आवाज उठाएकी छन् । उनले आफूले घर बाहिर हिँड्नसमेत असुरक्षित महसुस गरेको निवेदनमा उल्लेख गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा आजदेखि डा. केसी अनशन बस्दै, अनशनअघि नै विरोधको लहर