काठमाडौं । आमनिर्वाचन मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् ।
निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर ‘दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन’ पत्राचार गरेपछि शीर्षनेताका घरदेखि पार्टी कार्यालयसम्म दौडधुप बढेको हो । समानुपातिक उम्मेदवार रहेका नेता अहिले राजनीतिक दलका शीर्षनेता एवं घरमा पुगेर ‘सांसद सुनिश्चितता’का लागि दबाब दिइरहेका छन् ।
आयोगले आज शनिबारसम्ममा ३३ प्रतिशत महिला तथा अपांगता भएका व्यक्ति, अल्पसंख्यक र पिछडिएको क्षेत्रसमेतको प्रतिनिधित्व हुनेगरी ‘समावेशी समूह’अनुसार बन्दसूचीबाट नाम माग गरेको हो । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तअनुसार दलहरूले पाएको सिट ६ वटा समावेशी समूहमा बाँडेर प्रतिनिधित्व गराउनुपर्छ ।
खस–आर्य ३१.२५ प्रतिशत, आदिवासी जनजाति २८.७५ प्रतिशत, थारू ६.६५ प्रतिशत, दलित १३.८५ प्रतिशत, मधेसी १५.३५ प्रतिशत र मुस्लिम ४.४५ प्रतिशत प्रतिनिधित्व गराउनुपर्छ । तर, महिला छनोट गर्दा कुनै निश्चित ‘क्लस्टर’बाट यति नै पु¥याउनुपर्छ भन्ने बाध्यकारी व्यवस्था नभएकाले राजनीतिक दलले ‘चलखेल गर्न पाउने’ अवस्था रहन्छ ।
संघीय संसद्मा एकतिहाइ महिला सुनिश्चित हुनुपर्ने संवैधानिक व्यवस्था छ, तर समानुपातिकबाट महिला छान्दा ‘कुन क्लस्टरबाट कति ल्याउने ?’ भन्ने किटान नभएकाले दलहरूलाई खेल्ने ठाउँ रहेको छ । ‘कुन क्लस्टरबाट कति महिला छनोट हुने हो ?’ त्यसको असर अन्य क्लस्टरमा पनि पर्छ। त्यसैले समानुपातिकतर्फ बन्दसूचीमा रहेका नेताको दौडधुप भइरहेको छ ।
आयोगका अनुसार ‘समावेशी समूहअनुरुप नामावली पठाउन’ भनिए पनि संविधानले सुनिश्चित गरेको एकतिहाइ महिला, अपांगता भएका व्यक्ति, अल्पसंख्यक र पिछडिएको क्षेत्रको प्रतिनिधित्वका हकमा दललाई विशेषाधिकार छ । यही टेकेर नेतृत्वले खेल्न पाउने भएपछि बन्दसूची माथिल्लो क्रममा रहेका उम्मेदवारले ‘आफू सांसद बन्न दलभित्र लबिङ’ थालेका हुन् । कतिपय दलका उम्मेदवारले सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै नेतृत्वलाई खबरदारीसमेत गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया दलहरूलाई ‘खेल्ने ठाउँ भए पनि बढीभन्दा बढी समावेशी प्रतिनिधित्व होस्’ भन्नेमा आयोगको जोड रहेको बताउ“छन्। ‘कुन क्लस्टरबाट कति संख्या आउने ? भन्ने कुन क्लस्टरबाट कसलाई छनोट गर्छन्, त्यसले निर्धारण गर्छ । दलहरूलाई बन्दसूचीमा खेल्ने यही ठाउँ हो । तर, आयोगको चाहना बढीभन्दा बढी समावेशी प्रतिनिधित्व गरुन् भन्ने हो ।’
जनमतको टुंगियो
जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नामावली टुंगो लगाएको छ । काठमाडौं कोटेश्वरस्थित होटलमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । बैठकले प्रतिनिधिसभामा पाँच जनाको नाम टुंगो लगाएको छ । निर्वाचन आयोगमा पेस सांसदको क्लस्टरमा चार महिला र एक मुस्लिम समुदायका छन् ।
धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुई आदिवासी जनजाति, एक मधेसी, एक खस–आर्य र एक मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।
त्यस्तै, केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँट गरी प्राप्त सिटमा नाम टुंगो लगाएको छ । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा क्लस्टर छुट्याउँदै सात जनाको नाम टुंगो लगाएको हो । मधेसी महिलाबाट बबिता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रञ्जुकुमारी खंग (खत्वे), मधेसी महिलामा अनिताकुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाह, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातिमा भाग्यश्रीकुमारी चौधरीलाई पठाउने निर्णय भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस–आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ ।
कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपाले आज टुंगो लगाउने
निर्वाचन आयोगको पत्राचारअनुसार जनमत पार्टीले समानुपातिकतर्फको नाम टुंगो लगाए पनि प्रमुख राजनीतिक दल अझै आन्तरिक छलफलमै छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अझै टुंगो लगाउन सकेका छैनन् ।
यी दल आज शनिबारसम्ममा टुंगो लगाउनेगरी आन्तरिक छलफलमा छन् । शनिबार बैठक बसेर नामावली टुंगो लगाउने’bout छलफल हुने जनाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न लागेको हो । माओवादी केन्द्रको बैठकको टुंगो छैन । रास्वपा र राप्रपाले पार्टी बैठकबाटै टुंगो लगाउँने जनाएका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्नेगरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्ने’bout निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसलाई निर्वाचन आयोगले २९ महिला र तीन पुरुष सांसद पठाउन सूचित गरेको छ । त्यस्तै, प्रदेश सांसद’bout पनि सोही बैठकले निर्णय गर्ने भएको छ ।
कांग्रेसले प्रदेशमा १ सय ११ सिट पाएको छ । यसैगरी, एमाले केन्द्रीय सचिवालय बैठक शनिबारका लागि सरेको छ । शुक्रबार बोलाईएको सचिवालय बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । उनले आवश्यक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको जानकारी दिए । शुक्रबारको बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने बताइएको थियो ।
एमालेले ३४ सिट पाएको छ । जसमा उसले १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ । त्यस्तै, शनिबार बिहान ८ बजे जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।
बैठकले समानुपातिकतर्फका सांसद’bout निर्णय गर्ने भएको छ । जसपाले समानुपातिकमा पाँचजना पाएको छ । रास्वपाले १३ र राप्रपाले ७ सिट समानुपातिकमा पाएको छ ।






